पोखरा शनिबार स्टाइल वार्स २०१८

पोखरा, १० मंसिर/ पोखरामा आउँदो शनिबार स्टाइल वार्स २०१८ हुने भएको छ । द सौलमेट्स क्रियुको आयोजनामा पहिलो पटक पोखरामा हुन लागेको कार्यक्रममा भारत, कोरिया,चाइना, अष्टे«लिया लगायत नेपालका विभिन्न ठाँउहरुका प्रतियोगिहरुको सहभागिता रहने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

स्टाइल वार्स मार्फत नेपालमा हिपहप कल्चरको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्रियु मेम्बर प्रिन्स तुलाचनले बताए । उनका अनुसार नेपाली समाजमा बिबोइङलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । त्यसैले बिबोइङको विकास सम्बद्र्धनका लागि पनि हामीले कार्यक्रमको आयोजना गरेका हौं, उनले भने ।

स्टाइल वार्स एउटा अन्तराष्ट्रिय हिपहप फेस्टिबल रहेको उनले बताए । जस्मा थुप्रै अन्तराष्ट्रिय स्थरका प्रतियोगीहरुको सहभागिता रहन्छ । बिबोइङ, ग्रयाफिटी र्यापसेसन, डिजेइङ, लाइभ स्केटकिङगस,म्युजिक लगायतका कार्यक्रम पनि रहेको उनले जानकारी गराए ।

चाइना, अष्ट्रेलिया र पोखराको गरि ३ जना जजको सहभागितामा कार्यक्रम गरिने आयोजकले बताएको छ । सन् २०१३ मा पोखराबाटै स्थापना भएको क्रियुले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरुमा सहभागिता जनाइ सकेको छ ।

क्रियुले अनाथ बालबालिका, महिला सशत्तिकरण, भुकम्पपिडितलाई कार्यक्रम गरि संकलित रकम मार्फत सहयोग प्रदान गरि सामाजिक कार्य समेत गरेको क्रियुका सदस्य मोहन क्षेत्रीले बताए ।

उनका अनुसार यो वर्ष देखि राष्ट्रिय खेलकुद परिषदमा नेपाल बे्रकिन एण्ड डान्स स्पोर्टस संघको गठन गरि संस्था दर्ता गरिएको छ । सन् २०१७ मा ओलम्पिकमा बिबोइङलाई खेलको रुपमा समावेश गरिएको उनले जानकारी गराए ।

कमेन्टहरु
Loading...