स्टार्स कलामा अधिकारी र सुवेदी उत्कृष्ट

पोखरा, ७ असोज/ स्टार्स स्टुडियोले शनिबार गरेको कविता प्रतियोगितामा श्रीराम अधिकारीको ‘संस्कृति’

कविता उत्कृष्ट भएको छ । स्टुडियोले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिात गरी

मनाएको हो ।

प्रतियोगितामा रुपन्देहीका देश बन्धुको ‘हजुरबुवा भन्नुहुन्छ’ कविताले दोस्रो स्थान ल्याएको छ । तृतीय स्थान

ल्याएकी जोनाथापा मगरले ‘हाम्रो लोकनृत्य’ कविता सुनाएकी थिइन् । कवि अञ्जना सुवेदी र समीक्षा

थापामगरले सान्त्वना स्थान ल्याउन सफल भए ।

प्रथम भएका अधिकारीले १० हजार रुपैयाँ प्राप्त गरे भने द्वितीय, तृतीयले क्रमशः ७ हजार, ५ हजार प्राप्त गरे ।

सान्त्वना भएका सुवेदी र ठकुरी दुबैले १ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा कवि

अल्पज्ञानी, रुपीन्द्र प्रभावी र गौरी तमू थिइन् ।

सोही कार्यक्रममा नै भएको विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलका रिबिका सुवेदी

प्रथम भइन् । सिर्जना बोर्डिङ स्कुलका संगम पौडेल द्वितीय भए भने बाल प्रभात बोर्डिङ स्कुलका सुभम मगर

तृतीय भए । न्यू मिलेनियम स्कुलका नमीता गुरुङ र कास्की मोर्डनाइज्ड स्कुलका युकेश सुनारले सान्त्वना

स्थान ल्याउन सफल भए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तुतीय हुने कलाकारले क्रमशः ७ हजार रुपैयाँ, ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँ

प्राप्त गरे । सान्त्वना स्थान ल्याएका दुई कलाकारले १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा

कलाकार डिबी गुरुङ, मीलन शेरचन र झपेन्द्र गुरुङ थिए । निर्णायक गुरुङले स्कुलस्तरका विद्यार्थीबीच गरिने

प्रतियोगिताले उनीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए । ‘बालबालिकाको ज्ञानको क्षेत्रलाई फैलान

यस्ता प्रतियोगिताले थप उजागर गर्छ,’ उनले भने ।

कार्यक्रममा कवि रमेश श्रेष्ठले कविता छोटाले पनि धेरै ठूला अर्थ दिने बताए । ‘कविता जति तन्कायो उत्ति

तन्किन्छ, लम्बिन्छ,’ उनले भने, ‘छोटा कविताले सबै अर्थ भन्न सक्छ ।’ कवि अल्पज्ञानीले प्रतियोगिताले

कविताका विद्यार्थीलाई हौसला दिएको बताए । मौलिक संस्कृतिमाथि कार्यक्रम हुनुले सकारात्मक प्रभाव पारेको

उनले सुनाए । प्रतियोगितामा विजयी भएका प्रतियोगीलाई आइतबार सभागृह हलमा पुरस्कृत गरिने स्टार्स

स्टुडियो कि प्रबन्ध निर्देशक जसु गुरुङले जानकारी दिइन् । कार्यक्रमको सहजीकरण रोशनी गुरुङले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...