सिक्लेस मेलाको गाँउ सामुहिक नृत्यको उपाधि भुजुङलाई

सिक्लेस, ३ माघ/सिक्लेस माघे सक्रान्ति मेलामा पहिलो पटक आयोजित गाँउस्तरीय सामुहिक नृत्य प्रतियोगितामा लमजुङको भुजुङ गाउको लाली गुराँस युवा क्लव प्रथम भएको छ । सोमवार राती सिक्लेस पार्चे सामुदायिक भवनको खचाखच भरिएको सभामा आयोजित प्रतियोगितामा उत्कृष्ठ नृत्य प्रस्तुत गरेको भुजुङ ४० हजार, ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत भयो ।

प्रतियोगितामा खिलाङ गाउँ समुह दोश्रो हुदै ३० हजार, तेश्रो भएको ताङतिङ नृत्य समुह २० हजार र सान्त्वना घोषित याङ्जाकोट गाँउको नृत्य समुह ५ हजारसहित ट्रफी, प्रमाणपत्रसहित कार्यक्रमका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमु धिं युके आमा समितिका अध्यक्ष प्रेमकुमारी गुरुङ लगायत अतिथिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ठ नृत्य निर्देशक भुजुङका निर्देशक कमल गुरुङ र उत्कृष्ठ भेषभुषाको विजेता बन्दै निर्मलपोखरी गाँउ नृत्य समुह जनही पाँच पाँच हजार, ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत भयो । प्रतियोगिताका लागि प्रथम पुरस्कार पुम्दीभुम्दी घर भई युके निवासी जुमकाजी गुरुङ, दोश्रो पुरस्कार सिक्लेस घर भई युके निवासी जुनेश गुरुङ र टंक गुरुङ, तेश्रो पुरस्कार सिक्लेस घर भई हङकङ निवासी अविनास गुरुङले प्रायोजन गर्नुभएको थियो ।

प्रतियोगिताको प्रमुख निर्णायकमा कर्णबहादुर गुरुङ, निर्णायकहरुमा केसबहादुर गुरुङ र कृष्णकुमारी गुरुङ रहनु भएको थियो । प्रतियोगिताको दीप प्रज्वलन गर्दै उद्घाटन गर्र्नुभएका प्रमुख अतिथि तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङले सिक्लेस युवा क्लव सिक्लेस गाँउको समृद्धिका लागि जुटिरहेको भन्नुहुदै प्रसंसा गर्नुभयो । ऐतिहासिक गुरुङ गाँउ समृद्धिका लागि सिक्लेसी युवाहरुको अभियानमा तमु धिं नेपालको सहकार्य रहने बताउनुहुदै आफ्नो र आफ्नो धर्मपत्नी प्रेमकुमारी गुरुङको तर्फबाट क्लवलाई १ लाख रुपैया सहयोग गर्नुभयो ।

तमु धिं युकेको सिक्लेससँग गहिरो सम्बन्ध छ, तमु धिं युके सहकार्य गर्छ उहाँको उद्घोष थियो । सिक्लेस मात्रै नभएर नेपालका धेरै ठाँउ र क्षेत्रका विकासका लागि तमु धिं युकेका संस्थापक अध्यक्ष, सिक्लेसकै मिनप्रसाद गुरुङले युकेमा साइकल यात्रा, म्याराथन दौड लगायत गरी जुटिरहनु उदाहरणीय भन्दै उहाँको सामाजिक सेवा भावनाको सम्मान व्यक्त गर्नुभयो । अध्यक्ष गुरुङले गाँउको समृद्धिका लागि एकता जरुरी रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा १ करोड ९ लाखमा निर्मित सिक्लेस पार्चे सामुदायिक भवनको तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र एक्याप सिक्लेसका प्रमुख नरेन्द्र लामाले उद्घाटन गर्नुभएको थियो । सिक्लेस विकासका लागि विशेष योगदान पुर्याउदै आउनुभएको समाजसेवी मिनप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुहुदै विकासका लागि सबै एकताबद्ध हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा तमु धिं युकेका नवनिर्वाचित ज्ञाम गुरुङ, तमु धिं युकेका आमा अध्यक्ष प्रेमकुमारी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,प्रमुख सल्लाहकार डा.चन्द्रबहादुर गुरुङ, सल्लाहकार योगेश गुरुङ , आजिवन सदस्य कमल गुरुङ, ज्ञानबहादुर गुरुङ लगायत सामुदायिक भवन निर्माणका विशेष योगदान पुर्याउनुभएका दिलिप गुरुङ, कोषाध्यक्ष नारायण गुरुङ(ठकुरी), विशेष सहयोगीहरु, साँस्कृतिक संयोजक रुपा गुरुङ, कमल गुरुङ, विश्वास गुरुङ, हर्क गुरुङलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा विभिन्न संघ संस्था र महानुभावहरुले सिक्लेस क्लव र सामुदायिक भवन निर्माणका लागि सहयोग प्रदान गरेका थिए । सिक्लेस युवा क्लवका अध्यक्ष तिलमान गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साँस्कृतिक संयोजक रुपा गुरुङले स्वागत मन्तव्य र सल्लाहकार गेहेन्द्र गुरुङ, पुर्व सचिव देविजंग गुरुङले सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...