श्रष्ठा सम्मान सहित जोजिजू म्युजिकल जर्नी

पोखरा, २६ असोज /पोखरा रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कुलले जोजिजू म्युजिकल जर्नी २०७५ को साथमा श्रष्ठा सम्मान गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा बुधबार (घटस्थापना) को दिनमा बिशेष सांगीतिक, सांस्कृतिक कार्यक्रम र श्रष्ठा सम्मान सहित म्युजिकल जर्नी सम्पन्न भएको स्कुलका निर्देशक गायक विनित जोजिजूले बताए ।

गायनको क्षेत्रबाट रामभक्त तथा ईतु जोजिजू, नृत्यको क्षेत्रबाट कर्ण बहादुर तथा शान्ति गुरुङको जोडी सम्मान भएका छन भने संगीत तथा बाध्यवादनको क्षेत्रबाट राजेश क्षत्री सम्मानित भएका हुन। तीन दशक भन्दा बढी गायन÷संगीत क्षेत्रमा लागेका जोजिजू जोडीलाई स्कुलले सम्मान गरेको हो भने नृत्यको क्षेत्रमा तीन दशक भन्दा बढी समय देखि उल्लेखनिय योगदान पु¥याएको भन्दै स्कुलले सम्मान गरेको निदेर्शेक जोजिजूले जनाए । दुई दशक भन्दा बढी समय देखि संगीत एरेन्जर तथा बाध्यवादनको क्षेत्रमा लाग्दै आएका क्षत्रीलाई स्कुलले सम्मान गरेको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उप–सभामुख सृजना शर्मा, अग्रज पत्रकार बद्रीविनोद प्रतिक, प्रतिभा छनौट समितिका संयोजक पद्मराज ढकाल, निर्देशक जोजिजू, संरक्षक योगमाया जोजिजू, व्यबस्थापक सानु जोजिजू लगायतले सम्मानित व्यत्तिलाई सम्मान पत्रको साथमा दोलल्ला, फुलमालाले सम्मान गरेका हुन । उक्त अवसरमा विश्वकै कान्छा ड्रमर उत्प्रेम जोजिजूको जन्म दिन परेकोले केक समेत काटिएको थियो । रामभक्त जोजिज, ईतु जोजिजू, खिम गुरुङ, सम्मानित श्रष्ठा कर्ण बहादुर तथा शान्ति गुरुङको जोडी कलाकारको प्रस्तुती राखेका थिए । यस्तो कार्यक्रमले गीत, संगीत क्षेत्रको विकासमा थप टेवा पुग्ने जनसांस्कृति महासंघ गण्डकीका ईन्चार्ज मनकुमार श्रेष्ठले बताए ।

गोरे गुरुङ (गौरी), सम्मानित श्रष्ठाहरु, एउटा खुट्टाले नृत्य प्रर्दशन गर्ने अन्जना गुरुङको समेत प्रस्तुती रहेको थियो । दशैंको शुभकामना मंगल धुन भ्वाईलेनमा स्कुलका व्यबस्थापक सानु जोजिजूले प्रस्तत गरिन भने प्रशिक्षार्थीहरुको गायन प्रस्तुतीको संयोजन स्कुलका प्रशिक्षक करण तामाङले गरेका थिए । नृत्यमा राजु गुरुङले संयोजन गरेका थिए । विगत ४ बर्ष देखि स्कुलमा कार्यरत कर्मचारी प्रेमिका गुरुङलाई सम्मान सहित बिदाई गरिएको थियो । स्कुलका प्रशिक्षार्थी, प्रशिक्षकको प्रस्तुती समेत रहेको थियो । स्कुल स्थापनाको १६ बर्ष पुगेको छ भने स्कुलले हालसम्म करिब ८ हजार जना भन्दा बढीलाई प्रशिक्षण गराएको छ।

कमेन्टहरु
Loading...