सबिन राईले प्याराडिसोमा दर्शक नचाए

पोखरा, ५ माघ /थरि थरिका रङ्गिचङ्गि बत्ति । चर्को आवाजको म्युजिक भोल्युम । युवायुवतिको बाक्लो जमघट । हातमा ह्विस्की र बियरको ग्लास । सबैजना म्युजिकको तालमा झुम्दै छन् । घडिले रातको ९ बजाउँदै छ । फेवाताल किनारको चिसो स्याँठ पनि बढ्दै छ ।

सुरिलो पाइन्ट माथि कालो ज्याकेट । आँखामा कालै चस्मा । जब उनी स्टेजमा उक्लिए । उनी अर्थात ‘सबिन राई’ । पप गायक ‘सबिन राई’ । चर्को हल्ला सुरु हुन्छ । माहोल भिन्न बन्छ । शुक्रबार, आफ्नो सुकेको आवाज सुनाउँन सबिन पोखरेली स्टेजमा उभिएका थिए । उनका गीतमा पसिना चुहिने गरि तन्नेरीहरु नाँचे ।

‘गुराँसको फेदमुनी सम्झनाको छाँया
जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया..’
बोलको गीतले वान्स मोर नै पायो ।

पोखरेली दर्शक सामु उभिन पाउँदा खुसि लागेको उनले सुनाएका थिए । ‘खुकुरी रम’ले यो सबको चाजोपाँजो मिलाएको थियो । ‘प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिल’को स्टेजमा उनी सुनिएका हुन् ।

कमेन्टहरु
Loading...