सामुदायिक रेडियो हेमजा ८८.५ मेगाहर्जले खुल्ला तीज गीत प्रतियोगिता गर्ने

हेमजा ८, भदौँ/साहित्य, कला र संस्कृतिको संरक्षण गरौँ खुल्ला तीज गीत प्रतियोगितामा सहभागी बनौँ भन्ने मुल नाराका साथ सामुदायिक रेडियो हेमजा ८८.५ मेगाहर्जले यही भदौँ १६ गते गर्ने खुल्ला तीज गीत प्रतियोगिताको तयारीको लागि रेडियो परिवार यतिवेला जुटिरहेको छ ।

कला संस्कृति र साहित्यको संरक्षण एवं सम्वद्र्दन गर्ने प्रयास स्वरुप दोस्रो पटक पनि रेडियो बाट तीज प्रतियोगिता गर्न लागिएको रेडियो सञ्चालन समितिका अध्यक्ष अरुणस्तोम त्रिपाठीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार रु ११,१११।– , द्दितीय पुरस्कार रु ७७७७।– , तृतीय पुरस्कार रु ४४४४।– , सात्वना पुरस्कार रु २२२२।–, उत्कृष्ट नृत्य रु ११११।– र उत्कृष्ट भेषभूषा तर्फ रु ११११।– साथमा प्रमाणपत्र समेत प्रदान गरिने कार्यक्रम संयोजक मोतीसागर अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा लोक संस्कृतिको क्षेत्रमा गायन क्षेत्रबाट योगदान पु¥याएको भन्दै लोक दोहोरी गायिका पार्वती जि.सीलाई सम्मान गर्न लागिएको स्रष्टा सम्मान समितिका सचिव केशवशरण पौडेलले जानकारी दिनुभयो।

कार्यक्रम समयावधिभरमा उपस्थित भएका दर्शक रेडियो श्रोता तथा प्रतियोगी वा अप्रतियोगी, अतिथि कलाकार वा जो कोहीले पनि चिठ्ठा थुत्न सक्ने र सोही चिठ्ठा कार्यक्रमबाट प्रथम पुस्कार हात पार्न सफल भाग्यशाली १ जना विजेतालाई विभिन्न सामाग्रीहरु सहित १ डोको पुरुस्कार, द्धितीय पुरस्कार हात पार्न सफल १ जना भाग्यशाली विजेतालाई मोवाइल र तृतीय पुरस्कार हात पार्न सफल १ जना भाग्य शाली विजेतालाई एउटा रेडियो सेट प्रदान गरिने कार्यक्रम संयोजक मोतीसागर अधिकारीले जानकारी दिनुभयो ।

रेडियोले टिम दर्ता खुल्ला गरिराखेको हुदाँ विहान ५ बजे देखि बेलुका १० बजेसम्म जनुसुकै समयमा पनि टिम दर्ता गर्न सकिने बजार व्यवस्थापक विराज शर्माले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...