प्रियंका कार्की र आयुष्मानले गरे इन्गेजमेन्ट

पोखरा, ३० असार /लामो समय देखी प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । शनिबार विवाहका लागि टिकाटालो गरेको हो ।

दुर्इको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिए पछि धेरैलाई थाहा भएको हो ।

रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छिन् । उनीहरुले बिहे कहिले गर्छन्, त्यो भने बाहिर ल्याएको छैन ।

कमेन्टहरु
Loading...