पोखरामा ऋषि धमलाको हमला, आफ्नै श्रीमती एलिजालाई भने ‘जनता जान्न चाहन्छन’

पोखरा, ७ असोज /सधैं जसो टेलिभिजनको पर्दामा हमला गर्ने पत्रकार ऋषि धमलाले पोखरामा हमला गरेका

छन् । आफ्नो प्रस्तुतीमा निर्माण भएको नेपाली चलचित्र ‘अनुराग’ को प्रचारप्रसारका लागि मोफसल दौडाहमा

रहेका उनले पोखराको पत्रकारहरुको उपस्थितीमा हमला गरेका हुन ।

टेलिभिजनको पर्दामा कसैलाई अन्तवार्ता लिईरहँदा हरेक समय उनले भनिरहने शब्द हो ‘जनता जान्न

चाहन्छन’ । उत्त शब्दलाई समेत उनले भन्न छाडेनन् । अहिले त यस्तो लाग्छ उनको अर्को नामनै ‘जनता

जान्न चाहन्छन’ भईसक्यो । हामीले पनि सोध्यौ उनकै शब्दमा त्रृषिजी ‘अनुराग’मा के छ त्यस्तो जो तपाई पनि

आबद्ध हुन तयार हुनुभयो ‘जनता जान्न चाहन्छन’ भनेर ।

उनले भन,े चलचित्र ‘अनुराग’ सांगीतिक प्रेम कथामा आधारित रहेको चलचित्र हो । म पनि सबैलाई प्रेम गर्ने

व्यत्ति र मलाई पनि सबैले प्रेम गनुहुने भएकाले चलचित्रको कथा वस्तुले मलाई छोयो अनि म आबद्ध भए ।

आफुले एसएलसी पढ्नताका नारायण गोपालका गीतहरु खुब सुन्ने बताउदै धमलाले चलचित्रको कथा पनि

संगीतसँग सम्बन्ध गास्ने भएकाले आफु प्रस्तुतकर्तामा रहेर काम गरेको बताए ।

हामीले फेरि सोध्यौ, तपाई पत्रकार मान्छे राजनीतिज्ञहरुसँग राम्रो उठबस भएको अनि किन प्रेम कथामा

आधारित चलचित्र बनाउनु भयो ? भनेर । उनले भने, कुनै पनि कामको थलानी गर्दा प्रेम बाटनै गर्नुपर्छ । प्रेम

पूर्वक गरेका कामहरु सफल भएका छन् । मलाई हेर्नुहोस म गाउबाट बुबाको खल्टीबाट २ सय रुपैयाँ चोरेर

काठमाडौं झरेको मान्छेले आफ्नो कामलाई पे्रम पूर्वक निरन्तरता दिदैं आज यो स्थानमा पुगेको छु । त्यसैले

पहिलो सुरुवात प्रेमबाटनै गर्नु पर्ने आफ्नो धारणा अनुरुपनै अनुराग निर्माण गरेको उनले बताए ।

आगामी दिनमा देशको विकास र समृद्धिका विषयहरुलाई पनि चलचित्रमा उठान गर्ने गरि चलचित्र निर्माण गर्ने

लक्ष्य बोकेका धमलाले अहिले चलचित्र क्षेत्र धेरैको आम्दानीको स्रोत भएको दाबी गरे । उनका अनुसार अहिले

धेरै कलाकार, निर्माता,निर्देशक, टेक्निसियनहरुको रोजीरोटीनै चलचित्र जगत भएको छ । चलचित्रमा

मनोरञ्जन सँगसँगै सन्देश पनि हुनुपर्ने उनको अभिव्यत्ति थियो । धमलाले भन,े अनुराग

पे्रम,मिलन,बिछोड सहित सामाजिक सन्देश बोकेको फुल प्याकेज सहितको चलचित्र हो । अनुरागलाई ५ वर्षको

बालक देखि ८० वर्षको वृद्धसम्मले हेर्न सक्ने उनको भनाई थियो । अधिकांश भाग पोखरामा छाँयाकन

गरिएकाले पनि सम्पुर्ण पोखरेलीहरुलाई उनले अनुराग हेर्न आग्रह गरेका छन् ।

आईतबार पोखरामा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नायिका एलिजा गौतमले

चलचित्रमा आफुँ सिम्पल केटी अनुको भुमिकामा रहेको बताईन । यसै चलचित्र मार्फत डेब्यु गरेकी एलिजाले

पढाई भन्दा पनि चलचित्रमा अभिनय गर्ने सानै देखिको रहर हुँदाहुदै आफ्नो रहर बल्ल आएर पुरा हुन

लागिरहेको बताईन । उनका अनुसार चलचित्रमा गीतसंगीतलाई अलि बढि प्राथमिकता दिएको छ । त्यसैले

चलचित्रमा गीत पछिल्लो समय आईरहेका चलचित्रहरुमा भन्दा बढि पाउनु हुनेछ, उनले भनिन्,यो सबै कथाको

माग हो ।

चलचित्रका नायक समुन्द्र पण्डितले आफ्नो डेब्यु चलचित्र भएकोले पनि यसबाट राम्रो अपेक्षा गरेको बताए ।

चलचित्रमा मेरो संगीतलाई मन पराउने र संगीतलाईनै जिवन ठान्ने एउटा गायकको भुमिका रहेको छ, उनले

भने ।

चलचित्रका निर्देशक सत्यराज चौलागाईले अहिले आईरहेका चलचित्रभन्दा फरक पाउनेमा विश्वस्त हुन सबैलाई

आग्रह गरे । उनले अनुराग असोज १२ गते पर्दशन हुने भएकाले सबै कुरा चलचित्र हेरेपछि थाहा पाउने हुदाँ

हेरिदिन अनुरोध गरे । उनि पनि यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।

आरिका फिल्म प्रोडक्सनबाट निर्माण भएको चलचित्रमा अन्य कलाकारहरु भने थिलिन लामा, सरोज खनाल,

रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना, कमलकान्त मैनाली लगायतका छन् । चलचित्रमा

लगानी भने गीता भेटवाल र भरत गौतमको छ । ताराप्रकाश लिम्बु र सरोज पोखरेल चलचित्रका गीतका

संगीतकार हुन् । चलचित्रका गीतहरुमा सुगम पोखरेल, अन्जु पन्त, ताराप्रकाश लिम्बु, प्रताप दास, ममता गुरुङ

लगायतका गायकगायिकाहरुको स्वर रहेको छ ।

कमेन्टहरु
Loading...