लायन्स नाइटमा आस्थाले नचाइन

पोखरा, २६असोज/लोकप्रिय गायिका आस्था राउतको स्टेज आगमन संगै लायन्स क्लबका सदस्यहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको माहौल तात्तिन शुरु भयो । गीत गाउनु अघि दर्शकको नाडी छाम्दै आफु संगै नचाउन खप्पिस राउतले चुपचाप दर्शकलाई ‘लायन्स पनि यसरी चुपचाप बस्न सुहाउछ’ भन्दै आफ्न गीतमा नाच्न उक्साइन् । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको आयोजनामा हरेक वर्ष घटस्थापनाको दिन हुने लायन्स नाइटका लागि रोयल पाम रिसोर्ट पुगेका लायन्सहरु आस्था संगै नाच्न तम्सिए ।

आस्थाले एक पछि अर्को गर्दै आफ्ना हिट गीतहरु सुनाउदै दर्शकलाई वान्स मोर भन्न बाध्य पारे । अल्लाह अकबर बाट गाउन शुरु गरेका उनले आफ्नो लोकप्रिय गीत चौबन्दीमा पटुकी गाउँदै बिट मारे । तर दर्शकको धित भने मरेको देखिएन । सबै गरि एक दर्जन गीत सुनाएकी उनले पहिलो गीत बाहेक हरेक गीतमा दर्शकलाई नचाउन सफल बनिन् । आस्था भन्दा अघि पोखराकै व्याण्ड अराइजले गीत गाएका थिए ।

यस अघि कार्यक्रमममा लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालका गर्भनर लायन अशोक कुमार श्रेष्ठ, निवर्तमान गर्भनर धनराज आचार्य तथा रिजन चियर पर्सन मिलन थापालाई सम्मान गरिएको थियो । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले उनीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन ।
कार्यक्रमको प्रमुख अतिथीका रुपमा पुगेका कुँवरले उमेर भन्दा पनि उपलब्धीमुलक जीवनले मानिसलाई सदैव जिवन्त बनाउने बताए । उनले समाजसेवाको अभिन्न अंग बनेकोमा लायन्सलाइ धन्यवाद प्रकट गरे । डिस्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठले सम्मानले अझ जिम्मेवारी थपेको महसुस भएको बताउदै धैर्यताले नै मानिसलाई उद्देश्य प्राप्ती गर्न सफलता मिल्ने बताए । कार्यक्रममा अर्का सम्मानित निवर्तमान गर्भनर धनराज आचार्य, ध्रुबबहादुर थापा, गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापा लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष निरन केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विनय थापा तथा कार्यक्रम माथी प्रकाश प्रदिप कुँवरले गरेका थिए । सम्मानित व्यक्तित्वको परिचय सन्जय मल्लले गरेका थिए । कार्यक्रमको सञ्चालन निरज पन्तले गरेका थिए । कार्यक्रमबाट बचेको रकम सामाजिक सेवाको क्षेत्रमा खर्च गरिने बताइएको छ । कार्यक्रम मा लायन्स क्लबसंग आवद्ध तथा गैर लायन्सको पनि सहभागिता रहेको थियो । सन् २०१५ मा स्थापना भएको क्लबले आफ्नो स्थापना वर्ष देखिनै लायन्स नाइट गर्दै आएको छ ।

कमेन्टहरु
Loading...