पोखरामा शनिबार कविता कन्सर्ट हुने

पोखरा, १० जेठ /शुभतारा युवा क्लब पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ को आयोजनामा शनिबार पोखरा कविता कन्सर्ट हुने भएको छ । आज भएको पत्रकार भेटघाट कार्यक्रमका क्लबका अध्यक्ष विनय पौडेल क्षेत्रीले शनिबार हुने कन्सर्ट सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भयो ।

सकारात्क परिवर्तनको लागि साहित्य भन्ने मुल नाराका साथ पोखरा सभागृहमा शनिबार दिउँसो २ बजे बाट शुरु हुने कार्यक्रममा नेपालका प्रख्यात कवि नवराज पराजुलीले कविता बाचन गर्नुहुनेछ । पद्यश्री अवार्ड बाट समेत पुरस्कृत पराजुलीले कन्सर्टमा एक दर्जन कविता बाचन गर्ने कार्यक्रम संयोजक श्रीराम भुषालले जानकारी दिनु भयो ।

पराजुलीले नेपालका विभिन्न शहर सहित विदेशमा पनि कविता कन्सर्ट गर्दे आउनु भएको छ । कन्सर्टमा प्रवेशको लागि विद्यार्थी लाई दुई सय रुपैयाको टिकट र अन्यलाई तिन सय, पाँच सय र एक हजार रुपैयाको टिकट लाग्ने आयोजकले जनाएको छ ।

कविता कन्सर्टले विद्यार्थी तथा युवा बर्गलाई साहित्य तर्फ लाग्न आर्कषण गर्ने अपेक्षा आफुहरुको रहेको भुषालले बताउनु भयो । एक हजार जनाको सहभागिता रहने अपेक्षा गरेको आयोजकले कुल आम्दानी २ लाख र खर्च १ लाख ८० हजार हुने अनुमान समेत गरेको छ । कविता कन्सर्टको प्रमुख अतिथि प्रदेश सभा सांसद विन्दुकुमार थापा रहने बताइएको छ ।

कमेन्टहरु
Loading...