नायिका डिम्पल मगर मौलिक कौराहा सांस्कृतिक सद्भावना दूत

दमौली, ८ फागुन /नायिका डिम्पल मगर मौलिक कौराहा सांस्कृतिक सद्भावना दूत बनेकी छिन् । बास्तविक नाम पवित्रा सारु मगर भएता पनि रंगसंसारमा डिम्पल मगरले परिचित छिन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति नेपालले नायिका डिम्पललाई उक्त सद्भावना दूत नियुक्त गरेको हो ।

मौलिक कौराहा सांस्कृति सद्भावना दूत डिम्पलले मगर समुदायको कला, संस्कृति संरक्षण गर्दै प्रचार प्रसार गर्ने बताएकी छिन् । मगर समुदायको सांस्कतिक पहिचान भनेको कौराहा नाँच भएकाले कौराहा नाँचलाई राष्ट्रव्यापी बनाउन आफुले पहल गर्ने डिम्पलले बताइन् ।

तनहुँको भिरकोट ४ गुम्लेकमा जन्मेकी डिम्पल कक्षा ५ मा अध्ययन गर्दा देखि विद्यालय क्षेत्रमा आयोजना गरेको कौराहा प्रतियोगितामा सहभागि भई प्रथम स्थान हासिल गर्दै आएकी थिइन् । कौराहा नृत्यमा अब्बल डिम्पलले मिस मगर तनहुँ सन् २०११ मा थर्डरनर अपको उपाधि चुमेपछि कहिल्यै पछाडि फर्किन परिनन् ।

सालीभेना चलचित्रबाट अभिनय क्षेत्रमा लागेकी उनीले प्रतिविम्ब जस्ता ठूलो पर्दाका नेपाली चलचित्रमा नायिकाका रुपमा स्थापित भइन् । डिम्पल सालीभेना चलचित्र मर्फात रोधी सिने आवर्डबाट उत्कृष्ट नवनायिका रुपमा पुरस्कृत भएकी छिन् । डिम्पल मगर दर्जनौ म्युजिक भिडियो अभिनय गरेसकेकी छिन् भने नयाँ म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्न व्यस्त बनेकी छिन् ।

कमेन्टहरु
Loading...