खुमन अधिकारी र देबि घर्तीको दर खायो मायाले (भिडियो सहित)

पोखरा, २९ साउन /गायक खुमन अधिकारी र गायिका देबि घर्तीको स्वरमा नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रा.लिको प्रस्तुतिमा दर खायो मायाले बजारमा आएको छ ।

कलाकार दिनानाथ बाँस्तोलाले केही बर्षको अन्तरालपछि तीज गीत दर खायो मायाले ल्याएका हुन् ।

कामको सिलसिलामा विदेश हुने र चाडबाडका बेला आप्mनो परिवरसँग नहुने बाध्यताले चाडपर्वमा विदेशबाट परिवारको सम्झना गरिएको गीतमा झल्किएको छ ।

तीजमा माईत गए नगएको कुरा माईतीमा दर खाए नखाएको प्रसंगको सम्बाद गीतमा प्रस्तुत भएको छ । गीतका दिनानाथ बाँस्तोलाले शब्द सिर्जना गरेका हुन भने लय सृजना रहेको छ ।

कास्की बैदाम ताल, एक्लै रहयो बर, होनीर पीपल बोटैमा जस्ता गीत बजारमा ल्याईसकेका दिनानाथ बाँस्तोला दर खायो मायाले दर्शकको माया पाउनेमा आशा गर्दछन् ।

गीतमा स्वर भरेका गायक खुमन अधिकारीले धेरै तीजका गीतहरुमा यो गीत पनि समाजको यथार्थता चीत्रण गर्दै संस्कृति झल्काउ बनेको बताए ।
गीतका गायिका देबी घर्तीले गीतमा श्रीमान श्रीमतीबीच अथाह माया देखिएको बताएन् ।

नृत्य निर्देशक एंब मोडल होम सुनारलाई नायिका उषा खनालले साथ दिएकी छन् । शिव फिल्मसको निर्माणमा रहेको भिडियोमा शिब विकको निर्देशन, शम्भु चालिसेको छायाँङकन, रबिन बिक र रमेश रसाईलीले सम्पादन गरेका छन् ।

गीतको रेकर्डिङ्ग एंव बजार व्यवस्थापन नमस्ते ब्रोडकास्टिङ स्टुडियो प्रालिले गरेको स्टुडियोको अध्यक्ष तथा संचालक छवि सुबेदी बताए ।

कमेन्टहरु
Loading...