नेपाल आइडल बुद्ध लामाको नयाँ गित रातो टीका निधारमा (भिडियोसहित)

पोखरा, १८ कात्तिक / नेपाल आइडल बुद्ध लामाको नयाँ गीत रातो टिका निधारमा शुक्रबार सार्वजनिक भएको छ ।

प्रभा आचार्यको शब्द रचनामा ‘रातो टीका निधारमा’ बोलको गीतमा बुद्ध लामा र मेलिना राईले स्वर दिएका छन् । गीतमा बसन्त सापकोटाको संगीत छ ।

नागढुङ्गाको ‘पातले बन रिसोर्ट’मा छायांकन भएको उक्त भिडियोलाई सुदीप बरालले छायांकन गरेका छन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीको छ ।

दीपक आचार्य ‘काकु’को निर्देशनमा बनेको भिडियोमा बुद्ध लामाको साथमा भिमफेदी गाइज र नुमा घलेको नृत्य हेर्न सकिन्छ ।

 

कमेन्टहरु
Loading...