दिवाकर भण्डारीको तीज गीत “माईतीको भाईलाई” (भिडियो सहित)

पोखरा, ३१ साउन/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका सदस्य तथा मेरी बास्सैका हास्य कलाकार दिवाकर भण्डारीले “माईतीको भाई”नामक तीजगीत बजारमा ल्याएका छन् ।

हरितालिका तीज जति जति नजिकिदै छ त्यति नै कलाकारहरुले तीजका गित बजारमा ल्याउने क्रमलाई तिव्रता दिएका छन् ।

गायक भण्डारीले एकातिर समाज निर्माण गर्न प्रेरणा मिलेको छ भने अर्को समाज रुपान्तरणमा लागि परेको यस मौलिक गीतले सन्देश दिनेमा ढुक्क भएको बताउछन् ।

यस्ता मौलिक गितले विकृतिविसंगतिलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न यस्ता मौलिक तीजगित आबश्यक रहेको भण्डारी बताउछन् ।

यसगितमा गायक तथा हास्य कलाकार दिवाकर भण्डारीले लय शव्द कोरेका छन ।

यस गितमा गायक दिवाकर भण्डारी, विष्णु कार्की र गायिका सिता क्षेत्रीको सुमधुर स्वर रहेको छ भने यस गितलाई गायक दिवाकर भण्डारीले संगित दिएका छन् ।

कमेन्टहरु
Loading...