वृद्ध वृद्धाहरुका माझ सुगम सङ्गीत यात्रा

पोखरा, १२ असार/पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको १२ औँ शृङ्खला पोखरा वृद्धाश्रमका वृद्धवृद्धाहरुका माझमा सम्पन्न भएको छ । अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमी गरी पोखराका
तिन ओटा साङ्गीतिक संस्थाहरुको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको कार्यव्रmम यस पटक पोखराको सीतापाइलास्थित वृद्धाश्रममा सम्पन्न भएको हो ।

सङ्गीतका माध्यमबाट केही समय भए पनि वृद्धवृद्धाहरुलाई मनोरन्जन दिलाउने उद्देश्यले आयोजित कार्यव्रmम पोखरा वृद्धाश्रमका म्यानेजर तथा सञ्चारकर्मी राज शर्माको अध्यक्षतामा भएको थियो । कार्यव्रmमका प्रमुख अतिथि तीर्थहरि स्मृति प्रतिष्ठान पोखराका अध्यक्ष वीरेन्द्र पालिखेले सङ्गीतका माध्यमबाट वृद्धवृद्धालाई आनन्द प्रदान गर्ने अभियानको
खुलेर प्रसंशा गर्नुभयो ।

उहाँले वृद्धाश्रमलाई आफूले विगत लामो समयदेखि सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै
व्यक्तिगत तर्फबाट फलफुल वितरण गर्नुभयो । त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालको स्वागत र अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालनमा भएको कार्यव्रmममा जे. ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजू तथा गायक सन्तोष पराजुली, अनिता अधिकारी, बलराम गिरीलगायतले आफ्ना साङ्गीतिक प्रस्तुती राख्नुभएको थियो ।

कमेन्टहरु
Loading...