बिग आइकनमा उत्कृष्ट १०, दुई बाहिरीए

पोखरा, १० फागुन /११ वटा चरणपछि बिग आइकनको सातौँ सँस्करणले टप १० को यात्रा तय गरेको छ । १० औँ चरणसम्म आइपुग्दा उत्कृष्ट १२ प्रतिस्पर्धी छनौट भएको यो सिजनको बिग आइकन अन्तरगत मंगलबार २ जना प्रतिस्पर्धी बाहिरिएपछि प्रतियोगितामा अब १० जनाबीच भीडन्त हुने भएको हो ।

यहि चरणदेखि प्रतिस्पर्धीहरुलाई अगाडिको यात्रा तय गर्नका लागि निर्णायकसँगै स्रोताको एसएमएस भोटले पनि मताधिकार राख्ने एफएमले जनाएको छ । उत्कृष्ट १० राउण्डमा पाल्पाका दिनेश बराल, लमजुङका सलोमी गुरुङ, लेखनाथका सौजन्या तामाङ, अर्चलबोटका गौरब पुन, स्याङ्जाका यामबहादुर नेपाली, लामाचौरकी निलिमा ए साङ्गमा, चितवन पटिहानीका सागर आले, सैनीकबस्तीका सुबास गुरुङ, संगम टोलकी प्रिया गुरुङ र कुश्माका लक्ष्मण दर्जीले भीड्दैछन् ।

पहिलो चरणको अडिसनमा आएका कुल १ हजार १ सय ५२ प्रतिस्पर्धीमध्ये दोस्रो चरणका लागि १ सय १९ जना प्रतिस्पर्धी छनौट भएका थिए । त्यसपछिको चरणमा ७७ जना प्रतिस्पर्धी छनौट भएको सातौँ चरणको बिग आइकन चौथो चरणसम्म आईपुग्दा प्रतिस्पर्धीको सँख्या ५७ मा खुम्चियो । पाँचौ चरणमा यो सँख्या ३९ मा आईपुग्यो भने छैठौँ राउण्डमा ३० जना छनौट भए । त्यसपछि उत्कृष्ट २५, २०, १५ हुँदै १२ सम्म आईपुगेको बिग आइकनको यो सँस्करण मंगलबार अन्ततः उत्कृष्ट १० राउण्डमा मा प्रवेश पाएको हो ।

‘यो पटक गायन प्रतिभाहरुको प्रस्तुतीले हामी निकै खुशी छौँ । निर्णायकको हिसाबले भन्नुपर्दा हामीलाई पनि कतिपटक निर्णय लिन गाह«ो भएको छ । कारण, सबै एक से एक छन् ।’ निर्णायक सुनील थापाले भने–‘राम्रा मध्येका पनि अझै राम्रा प्रतिस्पर्धीलाई हामीले उत्कृष्ट १० सम्म ल्याईपु¥याएका छौँ । अगाडिको यात्राको लागि सम्पूर्णलाई शुभकामना ।’ यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र सुनील थापा निर्णायक रहेका छन् ।

आयोजक बिग एफएमले उत्कृष्ट १० जनाबीच हुने अबको प्रतिस्पर्धा आगामी शनिबार हुने जानकारी दिएको छ । यो चरणपछि अब प्रतिस्पर्धीले सम्पूर्ण बाजागाजाहरुसहित गाउनेछन् । उत्कृष्ट ३० देखि प्रतिस्पर्धीले गिटार र पियानोमा मात्रै गाउँदै आएका थिए । यो बीचमा सम्पूर्ण प्रतिस्पर्धीहरुलाई भोट गर्नका लागि ‘एसएमएस भोटिङ कोड’ पनि बनाईने एफएमका कार्यक्रम सँयोजक सन्जोग बस्यालले जानकारी दिए । उत्कृष्ट १० देखि उत्कृष्ट ३ प्रतिस्पर्धी छनौट हुँदा सम्म प्रत्येक राउण्डमा १÷१ जना प्रतिस्पर्धी बाहिरिँदै जानेछन् ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

 

कमेन्टहरु
Loading...