बिग आइकन बेलायत प्रस्थान

पोखरा, ६ भदौ/सातौं बिग आइकन सुवास गुरुङ सांगीतिक कार्यक्रमका लागि बेलायत प्रस्थान गरेका छन् ।

बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को निम्तो तथा काठमाण्डौ

थापाथलीस्थित ब्रिटिश कलेजको व्यवस्थापनमा उनी बेलायत गएका हुन् ।

उनीसँगै बिग एफएमका अध्यक्ष महेश भण्डारी पनि विहीबार राति बेलायततर्फ प्रस्थान गरेका हुन् । त्यहाँ करिब

दुई हप्तासम्म सुवासले विभिन्न शहरहरुमा रहेका नेपाली समुदायबीच आफ्नो साँगीतिक प्रस्तुती राख्ने

कार्यक्रम छ । साउन हारो, प्लमस्टीड लगायतका स्थानमा कार्यक्रम निश्चित भइसकेको छ ।

यसअघि, चौथो बिग आइकन मुस्कान रानाभाट, छैटौं बिग आइकन साजन आले यो ‘ट्रिप’ अन्तर्गत बेलायत

पुगेर सांगीतिक कार्यक्रम गरिसकेका छन् । द ब्रिटिश कलेजसँग बिग आइकन गायन रियालिटी शोको सहकार्य

भएपछि यो चाँजोपाँचो मिलेको हो । लण्डनस्थित साउथ हारोमा रहेको माया पबमा दुई वटा कार्यक्रम र लण्डनकै

प्लमस्टीडमा रहेको डाँफेमा उनको प्रस्तुति रहनेछ । जसको प्रचारप्रसार माया पव र डाँफेले गरिरहेको छ ।

यो बसार्इंको सम्पूर्ण बन्दोबस्त यूकेस्थित ‘नेपालीपत्र’ले नै गर्नेछ । ‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको

पत्रिका हो । यो पत्रिका भगिनि संस्था द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । काठमाण्डौको

थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई

अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिँदै आएको छ । द ब्रिटिश कलेज ‘सपोर्टेट बाइ’ टाइटलमा बिग आइकनमा यो पटक

जोडिएको थियो ।

युरोपको नेपालीपत्र लि. का म्यानेजिङ डिरेक्टर राजन कँडेलले बिग आइकन गुरुङको सांगीतिक भ्रमणलाई

उपलब्धीमूलक र स्मरणयोग्य बनाउन कुनै कसर बाँकी नराख्ने बताए । साँगीतिक गायन प्रतिभाहरुलाई

जन्माउदै निरन्तर सात बर्षसम्म आईपुगेको बिग आइकनको सँस्करण अझै धेरै अगाडिसम्म बढोस् भन्ने

कामना समेत गरे ।

यूके प्रस्थान गर्नु अघि बिग आइकन सुवास निकै उत्साहित देखिए । ‘लण्डनमा विशेष कार्यक्रमहरुमा प्रस्तुति

राख्ने कुरा भएको छ ।’ गुरुङले भने–‘एकदमै एक्साइटेड छु । र, आफुलाई निकै भाग्यशाली ठानेको छु । ’ बिग

आइकन भएकै कारण आफुले यूके जस्तो मुलुकमा साँगीतिक प्रस्तुती राख्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

‘यो मेरो लागि निकै ठूलो अवसर हो । बिग आइकन गर्ने बिग एफएम र मलाई निम्तो दिने संस्था द ब्रिटिश

कलेज तथा नेपालीपत्रप्रति म कृतज्ञ छु ।’ गुरुङले भने ।

बिग एफएमका अध्यक्ष महेश भण्डारीले यो साँगीतिक यात्राले बिग आइकनको अन्तराष्ट्रिय प्रभाव देखाउने

बताए । ‘बिग आइकनका प्रतिभाहरुले अन्य मञ्चहरुमा गरेको प्रदर्शन र उनीहरुले प्राप्त गरेको स्थानले नै प्रष्ट

पार्छ बिग आइकन कस्तो प्लेटफर्म हो ? भन्ने कुरा ।’ भण्डारीले भने– ‘हामीले प्रतिभाहरु जन्माउँदैनौ मात्रै, बरु

उनीहरुलाई अझै फराकिलो बनाउँदै लैजान्छौँ ।’ बिग आइकनका लागि यस्तो खाले अवसर दिएकोमा द ब्रिटिश

कलेज र नेपालीपत्रलाई धन्यवाद समेत दिए ।

कमेन्टहरु
Loading...