बसन्ती लालचनको चोली फाट्यो (भिडियो सहित)

“क्या राम्रो स्याउ बारी”, “कहाँ बाट आयौ तिमी”, “घान्द्रुक की ठिटी म त” जस्ता चर्चित गीतहरुको रचनाकार बसन्ती लालचनले फेरि अर्को नयाँ गीत दर्शक एवं श्रोता माझ आएको छ ।

चोली फाट्यो बोलको गीतमा संगीत सुनिल थापा र स्वर अजुदा थापाको रहेको छ । करिब दुई लाख रुपैयामा निर्माण सम्पन्न भिडियोमा मिस गण्डकी सिजन ३ की बिजेता ज्योती राई र निक्की खड्कीले मुख्य भुमिकामा अभिनय गरेका छन् । एस.टु. प्रोडक्शनद्धारा निर्माण गरेको भिडियो निर्देशन, छायाँकन र सम्पादन सुरज श्रेष्ठले नै गरेका छन् भने नृत्य निर्देशन सुभाष राईले गरेका छन् ।

समाजसेवी राजेन्द्र लालचन निर्माता रहेको “चोली फाट्यो” शिर्षकको गीतको भिडियो अग्रेजी नयाँ बर्ष २०१७ को जनवरी १ देखि संसारभर युट्युब मार्फत रिलिज भएको गीतका रचनाकार बसन्ती लालचनले जानकारी गराए ।

कमेन्टहरु
Loading...