बिग आइकन टाईटल जित्ने होडमा ३० जना

पोखरा, २८ माघ /सातौं बिग आईकनको टाईटल जित्ने होडमा ३० जना आईपुगेका छन् । यो सिजनमा कुल ५४ जिल्लाका ११ सय ५२ जना प्रतियोगी बिग आईकन बन्ने लक्ष्यका साथ प्रतिष्पर्धामा उत्रिएकोमा पाँचौ राउण्ड सकिँदा ३० जना मात्रै बाँकी छन् ।

पाँचौ चरणको अडिसनमा ३९ जना प्रतियोगीहरु छनौट भएकोमा विहीबार नौ जना बाहिरिएका हुन् । छैटौं चरणको अडिसन आगामी शनिबार हुने एफएमले जनाएको छ । निर्णायकका अनुसार अब पियानो राउण्ड सुरु हुनेछ । प्रतिष्पर्धीले आफूले चाहेको गीतमा संगीतको सुरमा गाउनुपर्नेछ । शनिबार पाँच जना बाहिरिने र टप २५ छनौट हुने आयोजकले बताएको छ ।

यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

तस्वीर ः निशद श्रेष्ठ÷जक्शन डटकम

 

कमेन्टहरु
Loading...