पाँचौं संस्करणको मिस गण्डकीलाई हिरोको साथ

पोखरा, २ असोज / मिस गण्डकीको पाँचौं संस्करणलाई हिरो ड्युट स्कुटरको साथ मिलेको छ । यससँगै एस.टी

क्रियशनको आयोजनामा भईरहको सौन्दर्य प्रतियोगिताको विजेताले चाँदीको क्राउन सहित अब हिरोको ड्युट

स्कुटर र अष्ट्रेलिया भ्रमण पनि प्राप्त गर्ने भएका छन् ।

असोज १२ गते शुक्रबार साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुदैछ । जस्मा १५ जना

प्रतियोगीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । विभिन्न राउण्ड पार गर्दै उनिहरु फाईनलका लागि

छनोट भएका हुन् ।

त्यस्तै, विजेता अलवा फस्ट रनर अपले सत्तरी हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार, सेकेण्ड रनर अपले

पचास हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र थर्ड रनर अपले बीस हजार रुपैयाँ बराबरको आर्कशक

पुरस्कारको साथै क्राउन, अवार्ड, ट्रफी र प्रमाण पत्र आदी पाउने आयोजक संस्था एस.टी क्रियशनका प्रबन्ध

निर्देशक सुरज थापाले बताए ।

यस्तै, अन्य उप–विद्यामा पनि विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्थाकी कार्यक्रम

संयोजक इनिशा दुराले जानकारी गराईन् । कार्यक्रमका कोरियोग्राफर समेत रहेका थापाले मिस गण्डकी सिजन

५ को विषेश कक्षा र कोरियोग्राफीका लागि मिस नेपाल वल्र्ड २००५ की विजेता सुगारिका केसी आउने बताए ।

पोखराको सौन्दर्य प्रतियोगिताले अब देशकै प्रतिनिधत्व गनुपर्ने उनको भनाई थियो ।

यसअघि, प्रशिक्षण अवधिभरमा सौन्दर्य क्षेत्रका नेपालका अनुभवी चर्चित वरिष्ठ कोरियोग्राफर एवम कलाकार

प्रशान्त ताम्राकार, कलाकार अनुपबिक्रम शाही, अग्रज अभिनेता सरोज खनाल, चर्चित अभिनेता प्रदिप खडका

लगायत पोखरा र काठमाडौंका विभिन्न क्षेत्रका दखल प्राप्त अनुभवी व्यत्तित्वहरुबाट विद्यागत प्रशिक्षण गराईएको

आयोजक संस्थाले जनाएको छ ।

कमेन्टहरु
Loading...