तेश्रो संस्करणको मिस गण्डकीको उपाधी ज्योतिलाई

पोखरा, १८ पुस/हेवन म्याट्रेस मिस गण्डकी सिजन तिनको ताज पोखरा रानीपौवाकी १८ वर्षिया ज्योती राईले जितेकी छन् । १८ जना प्रतिस्पर्धीलाई उछिन्दै चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैया बराबरको स्कुटर पुरस्कार स्वरुप जितिन् ।
उपाधीसँगै ज्योतीले ‘बेस्ट स्माईल’ टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन् । ज्योतीले हाल प्लस टु मा अध्ययनरत छन् ।

त्यस्तै प्रतियोगितामा सैलताज कुँवर फस्ट रनरअप भईन् । उनले मोस्ट इन्टेलिजेन्ट र मोस्ट पपुलर समेत आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअपको उपाधीसँगै सैलताजले पचास हजार रुपैया बराबरको पुरस्कार स्वरुप प्राप्त गरिन् । प्रतियोगितामा श्रृष्टी आर्चायले सेकेन्ड रनरअप सँगै बेस्ट कम्प्लेक्सन टाईटल जितिन् भने सपना अधिकारी थर्ड रनरअपको टाईटलसँगै भ्युअर च्वाईस र मोस्ट पङ्चुअल अवार्ड पनि जितिन् ।

सेकेन्ड रनरअप श्रृष्टीले उपाधीसँगै पच्चीस हजार रुपैया प्राप्त गरिन् । त्यस्तै थर्ड रनरअप सपना अधिकारीले हेवन म्याट्रेसको तर्फबाट ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन् । रियल ईभेन्ट म्यानेजमेन्ट र एस.टी. क्रियशनको संयुक्त आयोजनामा भएको मिस गण्डकी सिजन तीनमा अन्य विभिन्न २१ वटा शिर्षकमा सब टाईटल उपाधी दिईएको थियो ।

कमेन्टहरु
Loading...