युवा संघ र वाईसियलको संयक्तु बैठक पोखरामा

पोखरा १५ जेठ /तत्कालीन नेकपा एमाले र माओबादी केन्द्रका भातृ संगठन युवा संघ नेपाल कास्की र वाईसियल नेपाल कास्कीको संयक्तु बैठक मंगलबार सम्पन्न भएको छ ।

युवा संघ कास्कीका सम्मेलन आयोजक कमिटिका संयोजक डिल्लिराम सुवेदी र वाईसियल कास्कीका अध्यक्ष भोजराज पौडेलको संयूक्त अध्यक्षतामा बसेको बैठकले नेपाल कम्यूनिष्ट पार्टी स्थापना भएको उपलक्ष्यमा जेठ १९ गते चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले दुई संगठनको एकिकरण र ब्यवस्थापन गर्ने गरि पाँच सदस्यीय निर्देशक समिति गठन गरेको छ ।

समितिमा युवा संघ कास्कीका संयोजक डिल्लिराम सुवेदी, वाईसियल कास्कीका अध्यक्ष भोजराज पौडेल, वाईसियल कास्कीका उपाध्यक्ष एग्लेस कार्की, युवा संघ कास्कीका सचिव रामचन्द्र तिमिल्सिना, युवा संघ क्ष्ोत्र नम्वर ३ का अध्यक्ष शिव अधिकारी सदस्य रहेको निर्देशक समिति गठन भएको छ ।

कमेन्टहरु
Loading...