सृजना विकास केन्द्रमा भट्टराई

पोखरा, २३ मंसिर / सृजना विकास केन्द्रको अध्यक्षमा मीनप्रसाद भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी शान्ति शर्मालाई पराजित गर्दै भट्टराई अध्यक्ष बनेका हुन् ।

प्रथम उपाध्यक्षमा ईन्द्रप्रसाद पौडेल, द्वितीय उपाध्यक्षमा पार्वती उपाध्यय बराल, महासचिव राधिका रेग्मी, सचिवमा चन्द्र गिरी र कोषाध्यक्षमा कमलादेवी गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

सदस्यमा तुलसीप्रसाद बराल र पवित्रा पौडेल के.सी. चयन भएको निर्वाचन संयोजक राजकुमार गिरीले जानकारी दिए । २ जना सदस्य पछि मनोनित गर्ने बताइएको छ ।

निर्वाचन समितिको संयोजकमा पूर्व अध्यक्ष तथा सल्लाहकार राजकुमार गिरी र सदस्यमा पूर्व अध्यक्ष तथा सल्लाहकार तारा गिरी, कानुनी सल्लाहकारमा एकनारायण अर्याल थिए ।

अध्यक्षमा निर्वाचित भएपछि भट्टराईले सृजना विकास केन्द्रको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । सम्पूर्ण सदस्य तथा स्थानीय अभिभाबकहरुलाई समेटेर आफू अगाडि बढ्ने उनले बताए ।

कार्यक्रममा पोखरा ८ का वडा अध्यक्ष एवं संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार रुद्रनाथ बराल, निबर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार तारा गिरी, निर्र्वाचन कमिटिका संयोजक राजकुमार गिरी लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...