पोखरा शुक्रबार सम्ममा चाहिए जति पेट्रोल, आज २१ पम्पबाट वितरण हुदै

पोखरा, ५ बैशाख /पोखरामा देखिएको पेट्रोलीयम पद्धार्थको अभाव शुक्रबार सम्म पुर्ण रुपमा समाधान हुने नेपाल पेट्रोलीयम डिर्लस एशोसियसन कास्कीले जानकारी दिएको छ । भारतमा रेलको लिग मर्मत, भारतमा सार्वजनीक विदा र चालकलाई प्रहरीले पिटे पछि विगत केही दिन देखि पेट्रोलीयम पद्धार्थ भएको थिएन ।

त्यसको असर पोखरामा मंगलबार देखि आंशिक रुपमा परेको र शुक्रबार देखी पुर्ण रुपमा समाधान हुने नेपाल पेट्रोलीयम डिर्लस एशोसियसन कास्कीका अध्यक्ष राजन गौंगजुले जानकारी दिए । उनले भने ‘पेट्रोलीयम पद्धार्थको अभाव आंशिक रुपमा भएको छ, शुक्रबार देखी चाहिए जति पाइन्छ ।’

उनले आवश्यकता भन्दा बढि संचयगरेर नराख्न सेवा ग्राहीलाई अनुरोध गरे । बुधबार पोखराका २१ वटा पेट्रोलपम्पबाट पेट्रोलीयम पद्धार्थको वितरण गरिरहेको बताए । बुधबार पेट्रोल ८४ हजार लिटर, डिजेल १ लाख २४ हजार लिटर वितरणका लागि गगनगौडा डिपोबाट झिकिएको उनले बताए । बिहीबार अझ बढि पेट्रोलीयम पद्धार्थ आउने बताए । पेट्रोलीयम पद्धार्थलाई सहज बनाउन नेपालगञ्जबाट पनि ट्याङकर पोखरा आईरहेको बताए ।

कमेन्टहरु
Loading...