पोखरा महोत्सवमा बुधवार पार्वती राइ र शंकर बिसी नाच्ने

पोखरा, ४ माघ / पोखराको अमरसिंह चौरमा जारी सातौ पोखरा महोत्सवको पांचौ दिन सम्म आइपुग्दा दर्शकहरुले उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवमा हाल सम्म ७७ हजार दर्शकले अवलोकन गरेका छन । भने ४ करोड ५ लाखको कारोवार भएको छ ।

महोत्सवमा पाचौ दिन मंगलबार मात्रै १६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छनभने एक करोड ५ लाखको कारोवार भएको महोत्सव प्रचारप्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए । महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले लोक दोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिएभने हास्यकलाकारहरु चम्सुरी र दारीबाले हास्य प्रहसनबाट मनोरन्जन प्रदान गरेका थिएभने स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी प्रस्तुत गरेका थिए ।

महोत्सवमा बुधवार लोकदोहोरी तर्फ राधिका हमाल, ज्योती लोहोनी, दिलु लामा, कृष्ण देवकोटा, सुमन लम्साल, शुरेश भुर्तेल, अरुण लामिछाने , चोलेन्द्र पौडेलको प्रस्तुती रहनेछभने पार्वती राइ र शंकर बिसीको आकर्षण नृत्य रहने छ । त्यसैगरी लाइभब्याण्ड तथा पप कन्सर्ट तर्फ टम्बलवीड एण्ड ड्रिमर्जको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आयोजना गरीएको पोखरा तारा तीन अन्तर्गत मंगलबार टप आठ छनौट गरिएको छ । मंगलबार टप टेनबाट प्राप्ती तुलाचन, अनिल बिक, प्रकाश तामाङ, सुगम थापा, विशाल रेग्मी, बवि सुनार, यम बहादुर नेपाली र यम डि काफ्ले टप आठमा पर्न सफल भएभने उषा गुरुङ र प्रशान्त तामाङ प्रतियोगिताबाट बाहिरिए । महोत्सवको प्रत्येक टिकटमा नेपाल टेलिकमको सीम प्राप्त गर्न सकिने र त्यसका लागी एक प्रति फोटो नागरिकता वा सवारी चालक प्रमाणपत्रको प्रतिलिपी साथमा लिएर आउन दर्शकलाई आयोजकले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...