पैचो पसल नेपाली सामान पोखराको बजारमा

पोखरा १४ बैशाख /शहरमा बसेपनि गाउँमा उत्पाद हुने खाद्यान्नका पारखीहरुलाई गाउँले परिवेशको खाद्यान्नहरु बिक्री वितरण गर्दै आएको पैचो पसल प्रालिले बिहीबारदेखि पोखरामा ब्यवशायीक सुरुवात गरेको छ । १८ महिना अघिदेखि गुल्मीको बलेटक्सार गाउँबाट सुरु भएको पैचो पसल प्रालिले आफ्नो उत्पादन सहित काठमाण्डौ, नेपालगन्ज, भैरहवा हुदै पर्यटकीय शहर पोखरामा ब्यवशायीक यात्रा शुरु गरेको हो ।

बसे पनि शहर गाउँकै खाने रहर भन्ने मुल नारा बोकेका पैचो पसलबाट उत्पादिन खाद्यान्न सामाग्रीहरुको बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा ब्यशवायीक सुरुवात कार्यक्रमको उद्घाटन गरे । पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पैचो नाम पुरानो गाउँघरमा प्रचलित नाम भएको र गाउँले परिवेशको खाद्यान्नको उत्पादन र बिक्रीलाई पैचो पसलले प्रश्रय दिएर गाउगाउमा पनि रोजगारीको सिर्जना गर्दै गाउमा उत्पादित सामाग्री बजारमा ल्याउने काम गरेको वताए ।

पैचो पलसका नेपाली सामान पोखराको बजारमा
पैचो पलसका नेपाली सामान पोखराको बजारमा

बाहिरी देशबाट आयातित खाद्यान्नको खरिद गर्दा वर्षेनी करौडौ रुपैया बाहिर जाने काम भइरहदा पैचोले उत्पादन गरेको गाउले परिवेशको खाद्यान्नले शहरमा बजार लिनेमा आफु विश्वस्त रहेको उनको भनाइ रहेको थियो । बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बाहुल्यता भैरहेका बेलो पैचो पसलले पहाड÷उच्चपहाडका किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजहरूलाई प्राथमिकताका साथ बजार व्यवस्थापन गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराइरहेको पैचो पसल सञ्चालक राजन पौडेलले जानकारी दिए ।

बजारको अभावमा खेर गैरहेका गाँउका उत्पादनहरूलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उद्देश्यका साथ खोलिएको पैचो पसलले विगत एक वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको हो । स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दै आएको पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखाना मार्फत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको छ ।

पैचोले हाल आठ प्रकारका पैचो अचार, पैचो टोमेटो केचअप, पैचो भेनेगर, पैचो सोया सस, पैचो जाम, विभिन्न प्रकारका जुसहरु, पैचो होल क्यान कनेर्ल, पैचो फापरको पिठो, पैचो कोदोको पिठो, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको छ । जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याईएको हो । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो । अन्य क्षेत्रमा पनि बजार विस्तार गर्ने बताए ।

कमेन्टहरु
Loading...