बसको अत्याधुनिक बडी पोखरामै तयार हुने

पोखरा ४ माघ /बसको अत्याधुनिक बडी बनाउनका लागि अब भारत जानु नर्पेने भएको छ । भारतमा निर्माण हुने अत्याधुनिक बडी सस्तो मुल्यमा पोखरामा नै निर्माण हुने भएको छ । भन्सार लगायत अन्य झण्झटबाट मुक्त हुनुको साथै सस्तोमा गुणस्तरीय सेवा प्रदान गर्ने गरी पोखरामा एसियाली मापदण्डको बडी तयार गर्ने गरी कारखाना सञ्चालनमा ल्याइएको छ ।

यो कम्पनीको माघ ६ गते औपचारिक उद्घाटन गरिने प्रालिका अध्यक्ष केशव प्रसाद अधिकारीले जानकारी दिए । अधिकारी सहित राजेश पराजुली, रुद्रनाथ पौडेल, गणेशराज पहारी, टिकाराम अधिकारी, रामचन्द्र ढुंगाना र श्यामबाबु शाहको संयुक्त लगानीमा एसियाली मापदण्डको अत्याधुनिक बडी विल्डर्स प्रालि सञ्चालनमा ल्याइएको हो । पोखराको चाउथे स्थित १० रोपनी क्षेत्रफलमा झण्डै एक करोड ८५ लाखको लागत कारखाना घर निर्माण गरिएको मंगलबार आयोजीत पत्रकार सम्मेलनमा अधिकारीले जानकारी दिए ।

कम्पनीले भारतमा उत्पादित गुणस्तरीय कच्चा पदार्थ तथा सामाग्रीको प्रयोग गरी दक्ष कामदार र डिजाइनरबाट एसियाली मापदण्डको बडी सुपथ मुल्यमा निर्माण गर्ने अधिकारीले बताए । ग्राहकको आवश्यकता अनुसार नर्मल बडी, डिलक्स बडी, दिल्ली डिलक्स बडी, दिल्ली डिलक्स एसी बडी, डिलक्स मिनी बस, दुई सापटे डिलक्स, ५२ मोडल, ५३ मोडल तथा ५५ मोडलका बडी तयार गरिने प्रालिले जनाएको छ ।

गुणस्तरीय बस निर्माणका लागि दिल्ली धाउनुपर्ने फ्लोअप नपुग्ने, तयारी बस ल्याउदा भन्सार लगायतका शुल्क अत्याधिक लाग्ने भएकाले नेपाली ग्राहकका लागि स्वदेशमै गुणस्तरीय बस सेवा प्रदान गर्नेगरी कम्पनी सञ्चालनमा ल्याइएको हो । युनिक बडी विल्डर्समा निर्मित गाडीमा एक बर्षको वारेन्टी समेत दिइने अध्यक्ष अधिकारीले जानकारी दिए । कारखानाको एउटै घरभित्र च्यासिस लगेपछि तयारी बस वाहिर निकाल्ने गरी ब्यवस्था मिलाइएको छ ।

निश्चित मापदण्डको बस ९० दिन भित्र ग्राहकलाई बुझाउने गरी संयन्त्र तयार गरिएको छ । कम्पनीमा पहिलो चरणमा ५० जनाले रोजगारी पाएका छन् । भारतबाट तयारी बस ल्याउन भन्दा च्यासिस ल्याएर नेपालमा बडी तयार गर्दा कम्तीमा पनि ६ देखि ७ लाख रुपैया लागत कम पर्ने उनले बताए ।  प्रालिमा बसभित्र दिने सुविधा र डिजाइनका आधारमा कम्तीमा १२ लाख देखि बढीमा ३० लाख रुपैया सम्मको बडी तयार गरिने अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...