दशैमा नेटटिभीको उपहार “चाडपर्वको लहर–एकमा एक अफर”

पोखरा, २५ असोज / नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैं अफर सार्वजनिक गरेको छ । एनआईटिभी

कर्पोरेशनको प्रस्तुति रहेको छ । नेटटिभी गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

विशेष अवसरमा विशेष र आकर्षक योजनामार्फत आफ्ना ग्राहकहरुलाई सुविधा दिइरहेको नेट टिभीले दशैंको अवसर पारेर “चाडपर्वको

लहर नेटटिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना

सित्तैमा नेटटिभी हेर्न पाइनेछ ।

आफ्ना मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु प्रत्यक्ष हेर्न सकिने

नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसा देखि निःशुुल्क

सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु ग्राहकले नेटटिभी एपमा मज्जा लिन सक्नेछन् ।

यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीत लगायत १५० च्यानलहरु हेर्न सकिनेछ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।

कमेन्टहरु
Loading...