एनमार्कको अष्ट्रेलियन एजुकेसन फेयर भदौ पहिलो साता पोखरामा

पोखरा, ३१ साउन / एनमार्क एजुकेशन प्रालि महेन्द्रपुल पोखराले ‘एनमार्क अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गरेको छ ।

आफ्नै कार्यालयमा भदौ ४ गते सोमबार फेयर आयोजना गरिएको प्रालिका अध्यक्ष नविन अधिकारी (नसिव)ले जानकारी दिए ।

फेयरमा २० वटा भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने अधिकारीले बताए ।

‘फेयरमा अष्ट्रेलियाका प्राय शहर समेटिने गरी प्रतिनिधिहरुको सहभागिता रहन्छ,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान इच्छुक विद्यार्थी र अभिभावकका लागि फेयर उपयोगी हुनेछ ।’

कुन विषय अध्ययन गर्ने ? कुन विषयको खर्च कति ? लगानी कति ? भविष्यमा काम गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ ?

लगायतका प्रश्नको जवाफ फेयरमा पाइने सिनियर काउन्सेलर सामना क्षेत्रीले बताइन् ।

‘करियर काउन्सिलिङ पनि हुन्छ,’ उनले भनिन्, ‘विभिन्न शहरहरुको जीवनशैली, अध्ययन खर्च र सम्भावनाहरुका बारेमा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिबाट सिधै जानकारी मिल्छ ।’

एनमार्क सन् २०१३ मा पोखरामा स्थापना भएको हो ।

कमेन्टहरु
Loading...