माउन्ट कैलाश रिसोर्ट १० वर्षमा, कर्मचारी सम्मानित

पोखरा, ७ असोज /सबैको अनुहारमा खुसिको रंग । नेपथ्यमा मधुर आवाजमा गीत । अरु बेलाको भन्दा भिन्न छ

माहोल । सम्मान लिने र दिने । बेलाबेला तालिको गडगडाहटले हल गुञ्जायमान हुन्छ । प्रसंग माउन्ट कैलाश

रिसोर्ट प्रालिको ९ औं वार्षिक उत्सवको अवसरमा आयोजीत कार्यक्रममा । १० औं वर्षमा प्रवेश गरेको अवसरमा

रिसोर्टले उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

उत्कृष्ट काम गर्ने १० जनालाई गिफ्ट ह्याम्पर । यस्तै २ जनालाई नगद ५/५ हजार रुपैया साथै ‘इम्पोलोइ अफ

द इयर’ टाइटलमा १ जनालाई आधि तोलाको सुनको औंठीले सम्मान गरेका छन् । यति मात्रै हैन ५ जना

कर्मचारीलाई ५ दिनका लागि थाइल्यान्ड टुरको व्यवस्था पनि गरिएको छ । ‘व्यवसाय सफल हुन १ जना मात्र

कस्सिएर हुँदैन,’ रिसोर्टका अध्यक्ष नरेश भट्टराई भन्छन्, ‘सबैको मेहेनत चाहिन्छ ।’ कामको प्रोत्साहन गर्न

सकेमात्र कर्मचारीले राम्रोसँग काम गर्न सक्ने उनको भनाई थियो । भन्छन्, ‘उनीहरुहको लगाब । उनीहरुलाई

कामप्रति प्रोत्साहन गर्न पनि सम्मान गर्यौ ।’

यसअघि पनि रिसोर्टले कामप्रति प्रोत्साहन गर्न थुप्रै कर्मचारीलाई सम्मान गरेको थियो । रिर्साटका ह्युमन

रिसोर्स म्यानेजर सूर्यप्रसाद पौडेलले कर्मचारीलाई सरकारी स्केलको तलब, ७ लाखको दुर्घटना विमा, १ लाखको

स्वास्थ्य विमा र अभर टाइम काम गरे थप तलबको सुबिधा रहेको जानकारी दिए ।

रिर्सोटमा सुविधा सम्पन्न बालकोनी सहितका ५१ कोठा रहेको रिसोर्ट ९ वर्षअघि व्यवसायी नरेश भट्टराईले
माउन्ट कैलाश रिसोर्ट १० वर्षमा, कर्मचारी सम्मानित
माउन्ट कैलाश रिसोर्ट १० वर्षमा, कर्मचारी सम्मानित

सञ्चालनमा ल्याएका थिए । खुला ठाउँ, स्विमिङ पुल, बगैंचा, र आकर्षक बनावट रहेको रिसोर्ट पोखरा आउने

पर्यटकको उत्कृष्ट रोजाइमा पर्छ । फेवातालको पूर्वी दक्षिण बसुन्धरा पार्कसँगै रहेको रिसोर्ट लेकसाइडको मध्य

भागभन्दा निक्कै शान्त र हरियाली भएकाले पनि पर्यटकले बढी मन पराउने सञ्चालक भट्टराई बताउँछन् ।

रिसोर्टमै बसेका पर्यटकका लागि चौबीसै घन्टा सेवा सुविधा भए पनि अन्य पर्यटकका लागि बिहान ६ देखि राति

११ बजेसम्म रेस्टुरेन्टले सेवा दिइरहेको छ ।

यस्तै गुणस्तरीय सेवा सुविधा दिएको भन्दै विभिन्न अर्वाड पाइसकेको छ । रिसोर्टले ‘इन्टरनेशनल गोल्ड स्टार

फर क्वालिटी’ शिर्षकमा ‘बिड क्वालिटीअवार्ड २०१६,’ ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड, ‘बेष्ट इन्टरप्राइज

अवार्ड, लगायतका थुप्रै अन्र्तराष्ट्रिय स्तरका अर्वाड जित्न पनि रिसोर्ट सफल भइ सकेको छ ।

कमेन्टहरु
Loading...