लुम्बिनी नेटको सम्पर्क कार्यालय लेखनाथको तालचोकमा

पोखरा, ४ जेठ /लुम्बिनी नेट पोखराले कास्कीको लेखनाथ स्थित तालचोकमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । पोखराको महेन्द्रपुल सीता भवनमा रहेको लुम्बिनी नेटले लेखनाथका ग्राहकलाई लक्षित गरी लेखनाथको तालचोकमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको हो ।

लुम्बिनी नेटको सम्पर्क कार्यालय लेखनाथको तालचोकमा
लुम्बिनी नेटको सम्पर्क कार्यालय लेखनाथको तालचोकमा

सम्पर्क कार्यालयको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी त्रिपाठीले पयटकीय शहर लेखनाथमा रहेका ग्राहकलाई मध्येनजर गरेर लुम्बिनी नेटले आफ्नो सम्पर्क कार्यालय स्थापनामा ल्याउदा आफुहरु गौरवान्वित भएको वताए । लुम्बिनी नेटले सम्पर्क कार्यँलय मार्फत लेखनाथमा रहेका विभिन्न उद्योग ब्यशायी, संघ सस्था लगायतमा आफ्नो सुविधालाई अत्याधुनिक ढंगले सञ्चालन गरी ग्राहकको मन जित्न तर्फ उदृत हुनुपर्नेमा त्रिपाठीको जोड रहेको थियो ।

पोखरा सहित लेखनाथमा पनि यसअघि सेवा दिइरहेकोमा ग्राहकको संख्या बढ्दै गएपछि सम्पर्क कार्यालय स्थापना गर्नुपरेको बजार प्रबन्धक शत्रुहन पंजियारले जानकारी दिए । सम्पर्क कार्यालयबाट नयाँ लाइन जडा, प्राविधिक सेवा र पेमेन्ट कलेक्सन लगायतका सेवा लिन सकिने उनले बताए । कार्यालय स्थापनासँगै लेखनाथका प्रयोगकर्तालाई पोखरा सम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । लेखनाथवासीलाई वायरलेस इन्टरनेट सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने प्रयास स्वरुप पनि कार्यालय विस्तार गरिएको उनले बताए ।

कम्पनीको देशभर ५५ हजार ग्राहक संख्या छन् । पंजियारका अनुसार लुम्बिनी नेटले नेपालमा ६७ जिल्लामा सेवा प्रदान गर्दै आएको छ । नेपालकै सबैभन्दा ठूलो नेट कम्पनीको रुपमा दाबि गर्दै आइएको यो कम्पनीले ललितपुर स्थित धोबिघाटको प्रधान कार्यालय सहित पाँच विकास क्षेत्रको पाँच वटा क्षेत्रीय कार्यालय, प्रमुख शहरहरुमा रहेका २२ वटा शाखा कार्यालय र २० वटा उपशाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ । साथै ग्रामिण तथा पहाडी क्षेत्रका विभिन्न २१ वटा रिसेलरहरु मार्फत सेवालाई सर्वसुलभ बनाउने प्रयास गरिएको पंजियारले बताए । सेवाको लागि देशभर झण्डै ३५० प्राविधिक कर्मचारीहरु खटिएको कम्पनीले जनाएको छ ।

लुम्बिनी नेटले हाल वायरलेस इन्टरनेट सेवा, केवल इन्टरनेट सेवा, फाइबर इन्टरनेट सेवा, एफटिटिएच सेवा तथा डाटा सेवा प्रदान गरिरहेको छ । ग्राहकको आवश्यकता र क्षमता तथा ब्यापार ब्यवसायको प्रकृति अनुसार विभिन्न प्याकेजमा सेवा उपलब्ध गराएको कम्पनीका पोखरा शाखा प्रमुख युशफ श्रेष्ठले वताए। उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वावुराम गिरी, लेखनाथ हार्डवेयर एशोसियसनका अध्यक्ष ऋषिराम भण्डारी, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भिमपाणी वराल लगायतले वोलेका थिए ।

कमेन्टहरु
Loading...