होटल ल्याण्डमार्क अब चितवनमा पनि

पोखरा, १३ माघ /विगत सात वर्षदेखि पोखराको पर्यटकिय केन्द्र लेक साइडमा सञ्चालित तारे होटल ल्याण्डमार्क पोखराको प्रर्वद्घकहरुले चितवनको सौराहा बाघमारामा सुविधा सम्पन्न रिर्सोट सञ्चालनमा ल्याउने तयारी गरेको छन् । रिर्सोट केहि दिनमा सन्चालनमा आउने सञ्चालकले जानकारी दिएका छन् ।

Landmark Forest Park Chitwan
Landmark Forest Park Chitwan

ल्याण्डमार्क फरेष्ट पार्कको नाममा सञ्चालन हुने रिर्सोटमा ४६ वटा वातानुकुलित कोठा, विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय खाना उपलब्ध गराउने रेस्टुरेन्ट र बार, सेमिनार कक्ष, पर्यावरण मैत्री आर्कषक वगैँचा, पौडी पोखरी रहेका छन् । यसले आन्तरिक तथा वाहृय सवै प्रकारका पाहुनाहरुलाई खाना ,बस्न ,मनोरञ्जनको साथै जंगल सफारी र दृष्यावलोकनका सम्पूर्ण प्याकेजहरु सुलभ मुल्यमा उपलब्ध गराउने सन्चालकले जानकारी दिएका छन् । रिर्सोट स्वदेश तथा विदेशका तारे होटलहरुमा २ दशक भन्दा बढि समय अनुभव प्राप्त समुहद्वारा व्यवस्थापन गर्ने सन्चालकले बताए ।

कमेन्टहरु
Loading...