पोखरामा हुने तेस्रो ‘जंगल फेस्टिभल’को तयारी पुरा (भिडियो सहित)

पोखरा ९ माघ/फागुन १२ देखि पोखराको शान्ति वनबटिकामा सुरु हुने तेस्रो जंगल फेस्टिभलको तयारी पूरा भएको छ । आयोजक परिचय नेपालले सोमबार पत्रकार सम्मेलन गरी फेस्टिभलको तयारी पूरा भएको जानकारी दिएको हो ।

फागुन २१ गतेसम्म संचालन फेस्टिभलमा लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पाइनुको साथै रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशन शो, नाटक मञ्चनसँगै गजल र मुक्तकको मेहफिल समेत चम्ने आयोजकले जनाएको छ । फेस्टिभलका लागि ६० भन्दा बढी डिजाइनरको आकर्षक पहिरनसहित मोडलहरु ¥याम्पमा उत्रनेछन् ।

यूथ क्रियशन थिएटरसँगको सहकार्यमा नाटक ‘भट्टीका सपना’ मञ्चन हुनेछ । करिब २५ जना गजलकार र मुक्तककारको प्रस्तुती भेस्टिभलको आकर्षणको रुपमा रहेका छन् । फेस्टिभलमा १७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुती, दिपकराज गिरी, दिपाश्री निरौलाको विशेष प्रस्तुती पनि हेर्न पाइनेछ । फेस्टिभलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने थुप्रै रोचक कुराहरु समावेश गरिएको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए ।

पोखरामा हुने तेस्रो ‘जंगल फेस्टिभल’को तयारी पुरा, बिहीबार देखि सुरु हुदै
पोखरामा हुने तेस्रो ‘जंगल फेस्टिभल’को तयारी पुरा, बिहीबार देखि सुरु हुदै

१० दिन सम्म चल्ने फेस्टिभलमा गायक कर्णदास, आस्था राउत, गिरिश खतिवडा, ज्योती मगर, रामजी खाड, योगेश काजी लगायतका कलाकारको प्रस्तुती पनि समावेश गरिने आयोजकले जनाएको छ । फेस्टिभलमा थारु, बोटे, कुसुन्डा जातिको नृत्य पनि देख्न पाइनेछ । झण्डै एक लाख दर्शक भित्रने अनुमान गरिएको फेस्टिभलमा ५० वटा स्टल रहने बस्यालले बताए ।

फेस्टिभल सम्पन्न गर्न ८० लाख रुपैया खर्च अनुमान गरिएको छ भने एक करोड रुपैया आम्दानीको अपेक्षा गरिएको छ । फेस्टिभलबाट भएको आम्दानी मध्ये शान्ति वन वाटिका क्षेत्रको सडक स्तरोन्नतीका लागि स्थानिय वाटो उपभोक्ता समितिलाई साढे दुई लाख रुपैया प्रदान गरिने, नाटकघर निर्माणका लागि ५० हजार रुपैया दिने र कुसुन्डा जातिको संरक्षण एबं प्रबद्र्धनका लागि केहि रकम सहयोग गर्ने आयोजक संस्थाले जनाएको छ ।

कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजको प्रस्तुतीमा जंगलमै गरिने यो फेस्टिभल ‘जंगली जीवनशैली र जैविक विविधता’ सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुका लागि पनि उत्तिकै लाभदायक रहने वस्यालले बताए ।

कमेन्टहरु
Loading...