जंगल फेस्टिभलमा ‘भूतघर’, शैक्षिक स्टलमा दर्शकको चासो

पोखरा, १३ फागुन/‘जंगलथिम’ दिएर जंगलभित्रै आयोजनागरिएको जंगल फेस्टिभलको दोस्रो दिननयाँबजारस्थितशान्तिवन वाटिकामा दर्शकको भीड लाग्यो । जंगल फेस्टिभलमादर्शक निकै रमाएका देखिन्थे । नयाँ स्वाद र शैलीको यो फेस्टिभलमा दर्शकले फरक अनूभुती गरेको आयोजक परिचय नेपालले जानकारी दिएको छ ।

शुक्रबार महाशिवरात्रीको विदा परेकोले दर्शकको सँख्यानिकै बाक्लो देखिन्थ्यो । विभिन्न मुखुन्डो लाएर जंगलभित्र सेल्फिखिच्दै दर्शकहरु रमाईलो गरिरहेकाथिए । ‘अघिल्ला सँस्करणको तुलनामायो फेस्टिभलमा दर्शकको उपस्थिती र चासो बढि पाएका छौँ ।’ आयोजक परिचय नेपालकाअध्यक्ष सोभित बस्यालले भने–‘हेर्ने जति सबै दर्शकले जंगल फेस्टिभल रुचाएका छन् । यो हाम्रो लागिनिकै राम्रो सँकेत हो ।’

खासगरि जंगल फेस्टिभलमा अध्ययन अनुसन्धानगर्ने सोधकर्ताहरु पनिनिकै चासो दिएर सहभागी भैरहेका छन् । दोस्रो दिन फेस्टिभलमा रहेको पृथ्वीनारायण क्याम्पस अन्तरगत रहेको जुलोजीशाखाको स्टलमा दर्शकको चासो बढि देखियो । त्यस्तै नेपालमै पहिलोपटक जंगल फेस्टिभलमा राखिएको रोबोटिक भूतघरमापनिदर्शकको संख्यानिकै बाक्लो देखियो । राउटेको झुण्ड र कुसुन्डा जातिका एक मात्रजिवितव्यक्ति राजामामाप्रतिपनिदर्शकले निकै चासो देखाएकाथिए ।

त्यो सँगै विश्वकै होचो मध्येका एक व्यक्ति खगेन्द्र थापामगरको खुकुरी डान्सले दर्शकको ध्यानखिच्यो । उनले खुकुरी लिएर नाचिरहँदादर्शकको चर्को हुटिङ पाएकाथिए । त्यसैगरि भारतकाचर्चित जादुगर सम्राटको प्रस्तुतीलाई पनिदर्शकले रुचाए । साँगीतिककार्यक्रमअन्तरगतदिउँसो भएको गिरिश खतिवडाको प्रस्तुतीले दर्शकको साथपायो । अझै साँझपखभएको फेशनशो ले जंगलको चिसो मौसमलाई गर्माएको थियो ।

फेस्टिभल अन्तरगतशनिबार तेस्रो दिनअझै बढि आकर्षणहरु आयोजकले सार्वजनिक गरेको छ । शुक्रबार आस्था राउतको प्रस्तुतीजंगलमा रहनेछ । त्यस्तै नाटक ‘भट्टीका सपना’पनिशनिबार फेस्टिभलमा मञ्चनहुनेछ । त्यो सँगै जादुगर सम्राटको प्रस्तुती र काठमाण्डौ सर्कसको विशेष प्रस्तुतीपनिशनिबार हुने आयोजकले बताएको छ । साँझपखशनिबार पनिमोडलहरु विभिन्नजंगली भेषमा ¥याम्पमाउत्रनेछन् ।

कमेन्टहरु
Loading...