तेस्रो सँस्करणको जंगल फेस्टिभल बिहीबार देखि

पोखरा, ११ फागुन /मेलामहोत्सवको भीडमा फरक मानिएको जंगल फेस्टिभलको तेस्रो सिजन बिहीबार देखि शुरु हुँदैछ । फागुन १२ गते शुक्रबारदेखि शुरु हुने यो फेस्टिभल २१ गतेसम्मचल्ने आयोजक परिचय नेपालले जानकारी दिएको छ ।

जंगल फेस्टिभल दर्शकहरुकालागिमनोरञ्जनको प्याकेज भएको आयोजकले दाबी गरेका छन् । ‘ब्याक टु नेचर’ थिमदिएर हुनलागेको यो फेस्टिभलमा बालकदेखि वृद्धवृद्धासम्म रमाउने थुप्रै रोचककार्यक्रमहरु समावेश गरिएको आयोजक परिचय नेपालकाअध्यक्ष सोभित बस्यालले जानकारी दिए ।

‘एकै खाले मेला र महोत्सवहरु हेरेर दर्शकहरु लगभगथाकिसकेका छन् । त्यसैले हामीले केहि फरक तवरले दर्शकको ध्यानाकर्षण गर्न चाहेकाहौँ ।’ बस्यालले भने–‘अघिल्ला दुई वटा सँस्करणका फेस्टिभललाई दर्शकले रुचाएको अनुभवको आधारमाहामी यो पटक अझै बढि सफलहुने कुरामा ढुक्क छौँ ।’ यो पटक जंगल फेस्टिभलमा १ लाखदर्शकले प्रत्यक्ष सहभागिताजनाउने आयोजकले अनुमानलगाएको छ ।

फेस्टिभल ‘जंगलीजीवनशैली र जैविकविविधता’ सम्बन्धिअध्ययनगरिरहेका सोधकर्ताहरुकालागिपनिउत्तिकै लाभदायक रहने आयोजकको विश्वास छ । ‘यो पटक दर्शकको ध्यानखिच्नकालागिजंगलभित्रथुप्रै कलाकृतिहरुको निर्माण गरिएको छ । फेस्टिभल क्षेत्रमा छिर्नासाथदर्शकले फरक स्वादपाउनेछन् ।’ आयोजकले भनेको छ । फेस्टिभलमा लोपोन्मुखजाति कुसुन्डालाई भेट्ने अवसर पनिदर्शकले पाउनेछन् । त्यो सँगै अन्यआकर्षणहरुमा रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशनशो, नाटक मञ्चनसँगै गजल र मुक्तकको मेहफिल समेत जम्नेछ ।

आइएफसी सँगको सहकार्यमाआयोजकले ६० भन्दा बढि डिजाइनरको आकर्षक पहिरनमामोडलहरुलाई ¥याम्पमाउतार्दैछ भने यूथक्रियशन थिएटरसँगको सहकार्यमा नाटक ‘भट्टीकासपना’मञ्चनगर्दैछ । त्यस्तै करिब २५ जनागजलकार र मुक्तककारको प्रस्तुतीपनिजंगल फेस्टिभलमा हुनेछ । १ सय ७० भन्दा बढि चराहरुको आवाज दुरुस्तै निकाल्ने सक्ने रमेश दुलालको प्रस्तुतीपनि यो फेस्टिभलमा रहनेछ । त्यो सँगै खुकुरी डान्स, विभिन्नकाल्पनिकपात्रहरुमा रहेर मोडलहरुको प्रस्तुतीपनि फेस्टिभलको आकर्षणको रुपमा रहेको छ ।

फेस्टिभलमा गायक कर्ण दास, आस्था राउत, गिरिश खतिवडा, ज्योती मगर, रामजी खाँड योगेश काजी लगाएतका कलाकारहरुको साँगीतिक प्रस्तुतीपनिहुनेछ । त्यो सँगै स्थानियथुप्रै कलाकार र ब्याण्डहरुको प्रस्तुतीले पनिजंगल गुञ्जायमानहुनेछ । त्यस्तै दिपकराजगिरी, दिपाश्री निरौलासँगै पोखरेलीमाग्ने बुढा र धुर्मुसको पनिविशेष हाँस्य प्रस्तुती रहनेछ । चर्चित उद्घोषक दिनेश डिसी लगाएतपोखराकाचर्चित उद्घोषक लगाएतले फेस्टिभलमा कार्यक्रम सँचालनगर्नेछन् । फेस्टिभलमा थारु, बोटे, कुसुन्डा जातिका नृत्यहरु पनि देखाईनेछ । त्यो सँगै आधुनिक शैलीको नृत्य बि बोइङ लगाएतका नृत्यहरु पनि फेस्टिभलमा समावेश गरिएको आयोजकले बताएको छ ।

फेस्टिभलमाकरिब ५० वटा स्टल रहनेछन् । ८० लाख रुपैयाँलागतअनुमानगरिएको फेस्टिभलमार्फत हामीले १ करोड रुपैयाँआम्दानीगर्ने लक्ष्यलिएको आयोजकले बताएको छ । आम्दानीभएको रकममध्ये २ लाख ५० हजार रुपैयाँशान्तिवन वाटिका क्षेत्रको सडकको स्तरोन्नतीकालागि स्थानिय बाटो समितिलाई हस्तान्तरण गरिने र पोखरामानिर्माणाधिन नाटक घरको लागि ५० हजार रुपैयाँ छुट्टाइने आयोजकले बताएको छ । त्यस्तै कुसुन्डा जातिको संरक्षण र प्रबद्र्धनका लागि पनि हामीले केहि आर्थिक सहयोग छुट्टाउने निर्णय गरेको आयोजकले बताएको छ ।

कमेन्टहरु
Loading...