जेठको अन्तिम साता पोखरामा महिला उद्यमी मेला हुने 

 पोखरा, ९ जेठ / जेठको पहिलो साता पोखरामा ‘महिला उद्यमी मेला ,२०७५’ आयोजना हुने भएको छ । आर्थिक सम्वृद्धिको लागि महिला उद्यमशीलता भन्ने नाराका साथ आयोजना हुने मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमिति हो । मेला जेठ ३० गते सुरु भई असार २ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुनेछ ।
मेलामा प्रदेश नम्बर ४ मा रहेका हरेक जिल्लाका महिला उद्यमीहरुबाट २/२ वटा तथा देशैभरका महिलाहरुको ५० वटाभन्दा बढी स्टल रहने आयोजक महिला उद्यमी विकास उपसमितिका संयोजक सीता बरालले जानकारी दिनुभयो । मेलामा महिलाहरुको निःशुल्क स्वास्थ्य परिक्षण, महिला उद्यमशीलताबारे अन्तरक्रिया कार्यक्रम तथा महिलाहरुद्धारा उत्पादित सामानहरुको प्रदर्शनी र बिक्री गरिनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को महिला उपसमिति सहयोगी रहेको मेला महिला उद्यमशीलताको लागि पाठशाला बन्ने आयोजकको अपेक्षा रहेको छ । मेलामा प्रवेश निःशुल्क रहेको छ ।
यता, पोखरामा रहेका विभिन्न बस्तुगत संघहरुले महिला उद्यमी मेला, २०७५ लाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीबार मेलाको तयारीबारे सुझाव संकलन गर्न आयोजित अन्तरक्रियामा बोल्ने व्यवसायीहरु केशवबहादुर खत्री, नारायण सुवेदी, युवराज पौडेल, सञ्जयकान्त सिग्देल,पवित्र नेपाली, नविन नापित, विकल तुलाचन,कमल पौडेल,माधव भण्डारी,रामेश्वर अधिकारीलगायतले मेलालाई सफल बनाउन विभिन्न सुझाव दिनुको साथै सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, उपमहासचिव अर्जुन पोखरेल,कार्यसमिति सदस्यहरु गीता तिवारी गौतम, प्रेमबहादुर भुजेल र डिवी भुजेलले पनि मन्तव्य राख्नुभएको थियो ।
कमेन्टहरु
Loading...