गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश पारित

पोखरा, २६ पुस /गण्डकी विकास बैकको एघारौ वार्षिक साधारण सभाले संचित मुनाफाबाट चुक्तापूंजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैयमास सम्ममा निक्षेप २३ अर्ब ७३ करोड पु¥याएको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड पु¥याएको छ । बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैकिङ सेवा दिदै आएको छ ।

बैंकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह, एविविएस एटिएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा दिदै आएको छ । साधारण सभामा शेयरधनीहरुको तर्फवाट राखिएका जिज्ञासाको जवाफ वैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...