गण्डकी विकास बैंकको आवास कर्जा योजना सार्वजनीक

पोखरा, ३० साउन /गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्याएको छ । जसमा ग्राहकले घर÷ जग्गा खरिद गर्न र घर निमार्ण गर्नको लागि पाँच लाख देखि पाँच करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

कर्जाको अवधि अधिकतम २० वर्ष सम्म रहने, सेवा तथा अन्य शुल्क नलाग्ने, ब्याज मात्र तिरे पुग्ने रहेको छ र कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशत सम्म मात्र थप गरी निर्धारण गरिने छ ।

जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बिमा गराउनु पर्नेछ । बिमा अवधि पश्चात् ग्राहकले बोनस रकम समेत प्राप्त गर्ने छन् ।

यस प्रकारको योजनाले ग्राहकलाई भवितव्यबाट आइपर्ने आर्थिक भारको न्यूनीकरण तथा बचत हुन जाने छ । यस प्रकारको सेवा बैंकका सबै शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकले उल्लेख गरेको ।

बैंकको पूर्वको ताप्लेजुङदेखि सुदुरपश्चिमको महेन्द्रनगर र उत्तरतिर मुस्ताङ र मनाङ गरी ७२ वटा शाखा सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा ५ वटा शाखा थप गरी ७७ वटा शाखा सञ्चालनमा आउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

कमेन्टहरु
Loading...