फेवा विकास बैंकको वोनश शेयर स्विकृत, गण्डकी विकास मर्जर आगडी

पोखरा, २१ मंसिर /फेवा विकास वैकको संचालक समितिको निर्णय अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्मको संचित मुनाफावाट चुक्तापूंजीको २०.६० प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय नेपाल राण्ट्रबैकवाट स्वीकृत भएको छ । वोनश शेयर वैकको नवौंं बार्षिक साधारण सभावाट पारित भए पछि वितरण गरिने छ ।

यस पश्चात बैंकको कुल चूक्तापूजी रु १ अर्व १९ करोड ९९ लाख सत्तरी हजार पुग्ने छ । फेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷७४ को पहिलो त्रैयमासमा निक्षेप १२ अर्ब १२ करोड र कर्जा १० अर्ब ५८ करोड पु¥याएको छ । बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

बैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा एटिएम, एबिबिस सेवा, बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदानगर्दै आइरहेको छ ।

पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राण्ट्रबैकमा निवेदन दिइएकोमा नेपाल राण्ट्रबैकवाट सहमती पत्र आइसकेको र मर्जर पश्चात बैंकको नेटवर्थ, शाखा सन्जाल, व्यवसायको बजार अंश तथा ठुला परियोजनामा लगानीको पहुच र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुन गई ग्राहकहरुले थप सेवा सहित सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...