फेवा विकास बैंकका प्रमुखहरुलाई तालिम

पोखरा, ९ फागुन /फेवा विकास वैक लिमिटेडले कर्मचारी दक्षता अधिबृद्घि तालिम एवं कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । फागुन ५ देखि ७ गते सम्म सञ्चालन भएको तालिममा बैंकका सम्पूर्ण शाखा प्रवन्धक तथा विभागीय प्रमुखहरुलाई तालिम प्रदान गरेको थियो ।

तालिममा शाखा प्रमुख तथा विभागीय प्रमुखहरुलाई बैंकमा निहीत विभिन्न प्रकारका जोखिम तथा अनुपालन सम्वन्धमा जानकारी गराइनुका साथै संभावित जोखिमका प्रभाव एवं जोखिम न्यूनिकरण सम्वन्धी उपायहरु बारे सहभागीहरुलाई अवगत गराएको थियो ।

तालिम कार्यक्रमको समुद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले विभागिय प्रमुख तथा शाखा प्रमुखहरुमा विशेष जिम्वेवारी हुने हुँदा उनीहरु सदैब सजग र चनाखो भै रहनु पर्ने बताए ।

तालिम एवं कार्यशाला गोष्ठीलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत लगायत सम्वन्धीत विभागीय प्रमुखहरुले सहजीकरण गरेका थिए । गोष्ठीमा बैंक संग सम्वन्धीत विभिन्न प्रकारका कानुनी प्रावधान तथा अपनाउनु पर्ने कानुनी प्रक्रियाका बारे बैंकका कानुनी सल्लाहकार सुकदेव गौतमले प्रकाशले जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...