क्यान कास्की नवौं वर्षमा

पोखरा, २० भदौ /कम्प्युटर एसोसिएसन महासंघ नेपाल कास्की शाखा स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । क्यान कास्कीले हालै एक कार्यक्रमका बीच आठौं वार्षिकोत्सव तथा नवौं साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाले सचिव रुक्मागत भण्डारी ‘विश्वास’, द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णराज पोखरेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक राजेन्द्र तिवारीद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पारित गरेको छ । प्रविधि संयोजक ईश्वर चालिसेले सूचना तथा प्रविधिसँग सम्बन्धित कामको प्रतिवेदन पेस गरेका थिए ।

क्यान कास्की नवौं वर्षमा
क्यान कास्की नवौं वर्षमा

क्यान कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाको सभापतित्वमा आयोजित साधारणसभामा क्यान महासंघ केन्द्रका महासचिव विश्वराम बर्लामी, कार्यसमिति सदस्य राजेन्द्र शर्मा, सहसचिव विकास भुर्तेल लगायतले बोलेका थिए । यसैबीच, वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सूचना तथा प्रविधिको विकास बिना अन्य क्षेत्रका विकास नहुने बताए ।

उक्त अवसरमा क्यान महासंघका अध्यक्ष इन्जिनियर बिनोद ढकाल, क्यान कास्कीका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, पूर्व अध्यक्ष चण्डीप्रसाद अर्याल, स्वतन्त्र पकार संघका केन्द्रीय महासचिव कमल पौडेल अथक लगायतले बोलेका थिए । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि क्यान कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलालाई उम्मेदवार बनाइएको छ । क्यान कास्कीले संस्थागत रुपमा पहिलो पटक बास्तोलालाई उम्मेदवार बनाएको हो । कार्यकारिणी सदस्यमा विजयी भएपछि संघ र पोखराको सूचना तथा प्रविधिको क्षेत्रमा आफूले देखिने गरी काम गर्ने बास्तोलाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्टहरु
Loading...