सुन्दरीको विश्वास जित्दै लक्कि व्युटि पार्लर

पोखरा, १० फागुन/सबैको रहर सुन्दर बन्ने हुन्छ । अरु भन्दा राम्री देखिने आकाक्षा हुनु स्वभाविक नै हो । व्यक्त्तिको सुन्दरताले उसको परिचय समेत दिन्छ । तर सुन्दर बन्ने चाहनामा आफ्नो सुन्दरतालाई विगार्नेहरु पनि छन् । कारण सुन्दर बन्ने इच्छा त छ । कसरी बन्ने थाहा छैन । कहिलेकाही सुन्दर बन्ने रहरमा अनावश्यक मेकअपका सामाग्री प्रयोग गर्छौ ।

यसरी प्रयोग गरेका सामाग्रीले अनुहारलाई झनै कुरुप बनाउँछ । त्यसैले सुन्दर बन्न चाहनेले आफ्नो छालाको प्रकार र यसमा प्रयोग गर्न मिल्ने मेकअप सामाग्रीको बारेमा जान्नुपर्ने हुन्छ । यसरी जानकारी लिएर सुन्दर बन्न खोज्नेहरु आफ्नो लक्ष्यमा सजिलै पुग्न सक्छन् ।  सुन्दर बन्न चाहने युवतीहरुको रोजाइमा पोखराको महेन्द्रपुलमा सञ्चालित लक्की व्युटी पार्लर एण्ड ट्रेनिङ इन्स्टिच्युट पर्न थालेको छ । कारण यहाँ राम्रो तरिकाले काउन्सेलिङ गरेर सुन्दर बन्न सिकाइन्छ ।

छाला तथा कपाल सम्बन्धी समस्या र त्यसको समाधान सम्बन्धी निशुल्क परामर्श दिने गरिएको सञ्चालक लक्ष्मी पौडेल अधिकारीले बताइन् । ‘सुन्दरी बन्न जे पायो तेही क्रिम लागउँछौ, स्किनको टाइप, क्रिमको प्रकार, छालाको प्रकृति नबुझि लगाउदा अप्ठ्यारो हुनसक्छ ।’ उनले भनीन् । हेलचक्र्याई गर्दा स्किनमा पिम्पल्स, रिङकल्स देखा पर्छ ।

वि.स.२०६५ सालबाट यो सञ्चालनमा आएको हो । युवा सोन्र्दयकर्मी पौडेलले लेडिजलाई मात्र सेवा दिने गरी यो व्युटि पार्लर सञ्चालन गरेकी हुन् । स्किन केयर, हेयर केयर सम्बन्धि ट्रेनिङ समेत यहाँ दिइन्छ । हालसम्म झण्डै १२ सय जनाले तालिम लिइसकेको उनले बताइन् । यहाँ तालिम लिएका कतीले आफैले व्युटि पार्लर सञ्चालन गरेका छन् । कोहि तालिम लिएर विदेशमा काम गरिरहेका छन् । छ महिना र विषय अनुसार एक एक महिनाको तालिम यहाँ दिइन्छ ।

उनले डा.पंकज सँग भारतमा गएर तालिममा सिकेको ज्ञानलाई उपयोग गर्दै सुन्दरीहरुको सुन्दर बन्ने सपना पुरा गरेकी छन् । यहाँ डिलक्स हेयर स्ट्रेट, डिलक्स फेसियल, बडी स्पाः गर्नेहरुको भिँड लाग्छ । यहाँ पुग्नेमा २० देखि ४० वर्ष उमेर समुहका युवतीहरु यहाँ पुग्ने गरेका छन् । विदेशमा चलाउने मेशिनबाट काम गरिने, स्पेशल कस्मेटिकको प्रयोग, काउन्सेलिङ व्यवस्था र स्किन अनुसारको प्रोडक्टको प्रयोग गरी सुन्दर बनाउने यो व्युटि पार्लरको विशेषता भएको पौडेलले बताइन् । हाल पोखरामा झण्डै ४ सय बटा व्युटि पार्लर सञ्चालनमा छन् ।

कमेन्टहरु
Loading...