पोखरा देखि सराङकोट केबलकारका लागि लगानी जुट्यो, स्थानीयलाई दश प्रतिशत सेयर

पोखरा, १३ फागुन /पोखराको सराङकोटमा निमार्ण हुन लागेको अन्नपूर्ण केवलकार परियोजनाको लागि लगानी जुटेको छ । सनराईज बैंक लिमिटेडको अगुवाइमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले केबलकारका लागि आवश्यक ६६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हन् । बिहीबार ऋण लगानीका लागि अन्नपूर्ण केवलकार प्रालि र बैंकबीच सम्झौंता भयो।

कुल लागत ८९ करोड ६० लाख अनुमान गरिएको अन्नपूर्ण केवलकारमा सनराईज बैंक र राष्ट्रिय वाणिज्य बैंकले सहवित्तियकरणमा ६६ करोड रुपैयाँ लगानी गर्ने छन्। उक्त केलबरकारमा नेपाली व्यवसायी समूहको ७५, जापानी समूहको १५ प्रतिशत तथा स्थानीयबासीको १० प्रतिशत सेयर लगानी रहनेछ ।

फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर
फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर

दुई बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना व्यवसायी कालु गुरुङ् तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेको अन्नपुर्ण केवल कार प्रा लिले निमार्ण गर्न लागेको हो । पोखरा २६ सेदीबाट सराङकोटमा पुग्ने छ ।
जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारका १३ वटा टावर तथा १६ देखि ३६ डिब्बा रहनेछन् । पहिलो चरणमा ८ जना यात्रु बस्न सक्ने १७ वटा डब्बा संचालनमा आउनेछ । यात्रुको संख्या बढ्दै जादा आवश्यकता अनुसार डब्बा थप गर्दे लाने कम्पनीको योजना छ ।

पोखराको सराङकोटमा केबलकार निर्माण हुने, ८० करोड लागनी, बुधबार शिलन्यास
पोखराको सराङकोटमा केबलकार 

७ देखि ९ मिनेटसम्मको केबलकारको यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने निमार्ण कम्पनीको विश्वास छ । केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखरा बजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ ।

केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ । नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधि अनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपल मेयरको गोन्डोला प्रविधि भनिन्छ । केवलकार निर्माण पछि करिब ६० जनाले रोजगारी पाउने छन् ।

कमेन्टहरु
Loading...