जीप दुर्घटनामा २ जनाको मृत्यु

पोखरा, मंसिर ११।पिकनिक खाएर घर फर्कने क्रममा भएको जीप दुर्घटनामा २ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखरा–१७ दोबिल्लामा शनिबार दिउँसो ग १ च ४५८९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो ।

localhost/websites/bibek
ganthan.com

बैदाम चौकीका प्रहरी निरिक्षक मोहनमणि अधिकारीका अनुुसार दुर्घटनामा रौतहटका २० वर्षिय अरबिन्द चौधरी र भारत कोलकाताकी १४ वर्षिया निशा महत्राको ज्यान गएको हो । घाइतेको अस्पतालमा उपचार भईरहेको छ ।मादकपदार्थ सेवन गरेका १९ वर्षिय भोला भारतीले जीप चलाएका थिए । पोखरा–९, नयाँबजारको टोली छिमेकीहरुसँग मिलेर दोबिल्लामा पिकनिक खान गएका थिए । फर्कने क्रममा जीप दुर्घटनामा परेको अधिकारीले बताए ।

कमेन्टहरु
Loading...