पोखराबाट नेपालमै पहिलो पटक गाईको सिङबाट यमोनिया उत्पादन अभियान शुरु

पोखरा, २७ मंसिर/पोखराको वडानं १५ मा आज देखि जीबामृत तथा यमोनिया उत्पादन शुरु गरीएको छ । वालाचतुदर्शीको अबसरमा अर्गानिक कृषि सहकारी संस्थाले यमोनिया उत्पादनको लागी एक कार्यक्रमको आयोजना गरी नेपालमै पहिलो पटक यमोनिया उत्पादन शुरु गरेको हो । आज गाइको २ वटा सिङमा गाईकै गोबर राखेर जमनीमुनी गाडीएको छ ।
उत्पादन मुलक माटोमा चाहिने १६ तत्वहरु यमोनियामा पाइने भन्दै आज अर्गानिक कृषि सहकारी संस्थाले अध्यक्ष माया केसीको अर्गानिक फारममा सिङ गाडेर शुरु गरेको हो । सिङ गाडे पछि कृषकहरुले सोही सिङमा सदविज छरेका थिए । अहिले विषादीको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पुगेको बताउदै कृषकहरुले अर्गानिक कृषिको लागी विदेशी किसान प्रविधि नेपालमा भित्राएको अध्यक्ष माया केसीले बताइन् ।

१३ गते सम्म संचालन हुने अभियान अर्गानिक कृषि सहकारी सस्थाका सदस्यहरुको प्रेत्यक घरमा चलाइने सचिव भक्त केसी जानकारी दिए । गाडीएको सिङ अबको छ महिना पछि जमीनबाट निकालीने केसीले बताइन् । एउटा सिङबाट चार पटक सम्म यमोनिया उत्पादन गर्न सकीने उनको भनाई छ ।

कमेन्टहरु
Loading...