गीतकार सागर उदास आए रवि लिएर

पोखरा, वैशाख २३ गते /तनहुँका गीतकार सागर उदास आफ्नो दोस्रो गीति एल्बम ‘रवि’ लिएर स्रोतमाझ आउनुभएको छ । उदासको यसअघि ‘आभार’ नामक एल्बम स्रोतामाझ निकै लोकप्रिय बनेको थियो । दमौलीमा बसेर विभिन्न साहित्यिक संस्थाहरुमार्फत् साहित्यि विकासमा क्रियाशील सागर उदास गीतकारका रुपमा बढी चिनिनुहुन्छ ।

कविता र गजल पनि लेख्ने गीतकार उदासले रवि एल्बममा तिमी गयौ, सिन्दुरको मूल्य, झ्याप्पै भयो, तिम्रो मेरो पिरती, माया हाम्रो, अन्तिम बिदालगायतका विभिन्न धारका ७ वटा गीतहरु समेट्नुभएको छ । सङ्गीतकार हरि लम्सालको एकल सङ्गीत र गीतकार सागर उदासको एकल रचना रहेको ‘रवि’मा निशा देशार, स्वरुपराज आचार्य, शिशिर योगी, सन्तोष लामा, रजिना रिमाल र राज सिग्देलले स्वर दिएका छन् ।

एल्बमको दमौलीमा आयोजित बृहत् साहित्य सम्मेलनको भव्य कार्यक्रमका बीच गरिएको थियो । गीतकार रमेश पौडेलले एल्बमको समीक्षा गर्दै उदासलाई मनदेखि मनसम्मका गीतकारका रुपमा चिनाउनुभयो । आभार एल्बमका गीतहरु साङ्गीतिक क्षेत्रका महत्वपूर्ण उपलब्धी भएको भन्दै पौडेलले रविले पनि अर्को एउटा ईँट्टा थप्नेमा आफै विश्वस्त रहेको बताउनुभयो । गीतकार उदासले आफूले आभारबाट भन्दा पनि बढी सफलता रविबाट पाउने अपेक्षा राखेको बताउनुभयो ।

व्यावसायिक रुपमा अर्जन अधिकारी र साहित्यिक रुपमा सागर उदासको रुपमा चिनिने उहाँले आफ्नी पत्नी रविता अधिकारीको नामबाट एल्बमको नाम राखेको बताउनुभयो । एल्बममा सुगम सङ्गीतका छनक पाइने गीतहरुको बाहुल्य रहेको छ भने केही ¥याप शैलीको पनि प्रयोग गरिएको छ ।

कमेन्टहरु
Loading...