About Ganthan – गन्थन के हो?

गन्थन डट कम के हो? (What is Ganthan?)

गन्थन डट कम कुनै नौलो वेबसाइट होइन, बिगत २०६५ साल देखि इन्टरनेटको संजालमा यो साइट धेरै पटक फरक फरक मुहारमा प्रस्तुत भयो| अहिले आएर यो नेपाली मल्टी-अथर ब्लग (Multi-author Nepali news and blog portal) भएको छ, जहाँ जोकोइले पनि लेख वा ब्लग लेख्न सक्छ| निकट भविष्यमा हामी ब्लग पोस्टको लेखक लाई उँहाको लेखको लागि आर्थिक सहयोग पनि गर्ने छौ| केहि दिन अगाडी सम्म गन्थन एउटा नेपाली प्रश्न-उत्तर वेबसाइट थियो, जुन अहिलेलाई हामीले स्थगित गरेका छौ|

मल्टी-अथर ब्लग भनेको के हो? (What Ganthan as a multi-author blog?)

सामान्यतया  २ वा २ भन्दा बढी ब्लगर द्वारा कुनै बिशेष बिषय वस्तुमा आधारित भएर चलाइएको  ब्लग नै मल्टी-अथर ब्लग हो| प्राय: देखिने गरेको एकल ब्लगरको मनपरी वा विविध बिषयमा जस्तो यसमा लेखहरु छरपस्ट हुदैनन| गन्थन डट कममा हामी “नेपाल” विषयमा जोड दिन्छौं; नेपाल, नेपाली, अनि एस सम्बन्धित गन्थन मन्थनहरु| Ganthan as a multi-author news and blog portal is mainly about current affairs from Nepal, politics and associated stories from Nepal.

गन्थनका मान्छेहरु (People behind Ganthan.com)

बिगत ४ वर्षदेखि वेबसाइटको बिषयवस्तु जे भएपनि गन्थन – नेपाली छलफल केन्द्र (Ganthan – discussing Nepal) का रुपमा अगाडी बढाउदै लागिएको छ| १ देखि २, अनि ४ बाट अहिले हामी ७ जना गन्थनमा लागि परेका छौ – मल्टी-अथर भएर| हाललाई यो साइट विटा वर्सन मै भएको पनि जानकारी गराउछौं| सुरुमा कलेज केटाकेटीबाट सुरु गरेको यो वेबसाइट ब्लगमा अहिले धेरै वर्गका साथीभाइको सम्लग्नता छ| सबै टिम सदस्य र ब्लगर साथीहरुको सुची क्रमश: प्रकाशन गर्दै जाने छौ|

तँपाईपनि निर्बिघ्नतापूर्वक ब्लग लेख्न चाहनुहुन्छ भने आजै गन्थन को सदस्य बन्नुस, फाइदाहरु हामी सबैलाई छ| (नयाँ सदस्य बन्न यँहा क्लिक्क गर्नुस|)

Authentic news, views & opinions from Gandaki Province, Pokhara & surrounding districts promoting citizen Journalism by Ganthan Media, Pokhara News by Ganthan

Delivering Pokhara News since 2009. Ganthan Media Pvt Ltd brings news and updates from Gandaki Province districts and national coverage from Pokhara.